neapl investment mega bank
  • गृहपृष्ठ
  • सन्दर्भ विश्व वातावरण दिवस : नेपालको जैविक बिबिधता र कोभिड १९ को महामारी

सन्दर्भ विश्व वातावरण दिवस : नेपालको जैविक बिबिधता र कोभिड १९ को महामारी

Jun 5th, 2020

आधारभूमि संवाददाता

काठमाडौं,जेठ २३

प्रत्येक बर्ष जुुन ५ तारिखका दिन बिश्व वातावरण दिवस मनाउने गरिन्छ । सन् १९७४ देखि मनाउन सुरु गरिएको बिश्व वातावरण दिवस आजको दिनसम्म आईपुुग्दा नेपाल सहित एक सय ४३ भन्दा बढी देशहरुमा यो दिवस मनाउने गरिन्छ ।

बिश्वमा बढ्दै गएको तापक्रम, जलबायुु परिर्वतन, कार्वन उत्र्सजन, पर्यावरणीय चत्रमा सुधार, लगायतका बिभिन्न क्षेत्रमा बारेमा जानकारी दिने काम यो दिवसमा गरिन्छ । यद्धापी बर्षको बिश्व वातावारण् दिवस भने कोरोना भाईरस (कोभिड १९) को महामारीबाट पिरोलिएको छ । कतिपय देशहरुले यो भाईरसलाई नियन्त्रण गर्न सफल भएकाछन भने कतिपय देशहरु अहिले पनि नियन्त्रणको प्रयासमा नै रहेकाछन । खैर जे भएपनि कोरोनाले अहिले नेपाल सहित बिश्वका दुई सय १५ भन्दा बढी देशहरुमा आफ्नो उपस्थिती देखाई सकेको छ । यो लेख तयार पार्दाको अवस्थासम्म बिश्वका ६६ लाख ३५ हजार दुुई सय ३७ जना कोभिड १९ बाट संक्रमित भईसकेकाछन भने यसबाट तीन लाख ८९ हजार छ सय ९२ जनाको निधन भईसकेको छ भने ३२ लाख एक हजार पाँच सय ४० जना बिषेक भएर घर फर्किसकेकाछन । नेपालको हकमा भने यो लेख तयार पार्दाको अवस्थासम्म २६ यि ३४ जना कोडि १९ बाट संक्रमित हुंदा १० जनाको मृत्यु भएको छ भने दुुई सय ९० जना संक्रिमत निको भएर आआफ्नो घर फर्किईसकेकाछन ।

वास्तवमा हरेक महामारीहरु स्वच्छ पर्यावरणसंग जोडिने गरेकाछन । पर्यावरण स्वस्थ भएमा कुुनै पनि क्षेत्रमा कुुनैपनि किसिमको महामारी फैलिन सक्दैन । जव पर्यावरण दुषित र बिशाक्त हुन्छ, तव मानव समुुदाय रोग र भोकले पिरोलिन थाल्छ । कोरोना भाईरस पनि त्यस्तै किसिमको महामारी हो । नेपालमा पर्यावरण अर्थात जैविक बिवधतालाई वातावरण संरक्षण ऐन २०५३ अनुसार ब्याख्या गरिदै आएको छ । यस अन्र्तगत पारिस्थितिक प्रणाली, प्रजातिय प्रणाली र वंशाणुगत प्रणालीको विविधता भत्रे बुझिन्छ । भुपरिवेष्ठित देशका मान्छे समुन्द्र देख्दा रमाँउदछन् अनि हिमाल पहाड नदेखेका मानिस हिमाल पहाड देखेर रमाँउदछन् । त्यसैगरी गोसाइँकुण्ड, खप्तड र मुक्तिनाथ जस्ता स्थल पवित्र भू–स्वरूपको रूपमा अंगीकार गर्न सकिन्छ । यी पवित्र भू–स्वरूप सांस्कृतिक तथा धार्मिक महत्वका हुनुका साथै जैविक दृष्टिकोणले महत्वपूर्ण छन् । यो मानवको स्वभाव हो, विविधतामा रमाउने । त्यसैले त हरेक मान्छे भित्र एउटा पर्यटकको तृष्णा लुकेको हुन्छ । अरबको मरुभुमीमा बसोवास गर्ने मान्छे हिमाल हेर्न नेपाल आँउदछ, विश्वभरिका मान्छे सगरमाथा, यहाँका जैविक विविधता, प्रकृती, वनस्पती, जनावर, चराहरु आदी हेर्न नेपाल आँउछन् । तसर्थ नेपालसँग यी जैविक र भौगोलिक विविधता नहुने भए यहाँ पर्यटकहरु आँउदैन थिए पनि होला । त्यस अर्थमा पनि जैविक विविधतालाई पर्यटनसँग जोडेर हेरिन्छ । यसरी पर्यटकिय रुपमा अत्यन्त संभावना भएको हाम्रो देश विश्वमै २५औं स्थानमा छ । यहाँ छोटो दुरिमा धेरै भौगोलिक संरचना, भित्रभित्र मौसम एवं भीर, पहरा, गल्छी र उपत्यकाहरु छन् । पहाड, तराई र हिमाली क्षेत्रमा उत्तर दक्षिण दुवैतिर फर्केका भित्ता पाखाहरूका कारण एकातिर घामलाग्ने र अर्कोतिर ओसिलो हुन्छ ।

घण्टाभरिमात्र पनि यात्रा गर्ने हो भने नितान्त फरक प्राकृतीक माहौलमा पुगिन्छ, जैविक विविधता अनुभव गर्न सकिन्छ । नेपालमा समुन्द्र सतहदेखिको न्युनतम उचाई ६० मिटरको झापा जिल्लाको केचना र अधिकतम उचाई ८ हजार ८ सय ४८ मिटरको सगरमाथा छ । नेपालमा २ सय ७ प्रजातिका स्तनधारी, ८ सय ६७ प्रजातिका चरा, ४३ प्रजातिका उभयचर, १ सय प्रजातिका सरिसृप र १ सय ८५ प्रजातिका माछा, ६ सय ५३ जातका पुतली, ३ हजार ९ सय ६६ भन्दा बढि रातिउडने पुतली, ५ हजार बढी कीरा, २ सय प्रजातिका माकुरा र ६ हजारबढि फुल फुल्ने वनस्पति, ४ सय ७१ प्रजातिका झ्याउ, १ हजार ८ सय २२ प्रजातिका ढुँसी र ३ सय ८३ प्रजातिका उन्यूहरू रहेको तथ्य छ । वनस्पतिमा गुराँस प्रजातिको संख्या नै ३० वटा भन्दा बढि छ । सुनगाभा र सुनाखरी परिवारका ३ सय ६३ भन्दा बढि प्रजाति छन् । सम्पूर्ण युरोपको भूभागमा भन्दा नेपालमा धेरै प्रजातिका चराहरू पाइन्छन् । पुतलीको सबैभन्दा धेरै प्रजाति नेपालमै पाइन्छ । नेपालमा ५ सयभन्दा बढि प्रजातिका अत्रबाली खानयोग्य छन् । त्यसमध्ये २ सय प्रजातीको खेति गरिन्छ नेपाल जैविक विविधताका दृष्टिले धनी मानिए पनि यहाँका सिमसार क्षेत्रको संरक्षण नहुँदा र त्यसलाई व्यवस्थितरुपमा उपयोग गर्न नसक्दा एकातिर जैविक विविधतामा खतरा बढेको छ भने अर्कोतिर सिमसारसँग जोडिएका जैविक, सांस्कृतिक तथा धार्मिक महत्व पनि ओझेलमा पर्न पुगेका छन् । नेपालमा ६० हजार ५ सय ६१ हेक्टर जमिन सिमसारले ओगटेको पाइन्छ । त्यसैले यस्ता क्षेत्रको संरक्षण गर्ने हो र यससँग सम्बन्धित धार्मिक, सांस्कृतिक महत्वलाई बढीभन्दा बढी उजागर गर्ने अनि स्थानीय जनसमुदायलाई त्यसमा संलग्न गराउने हो भने पक्कै पनि सिमसार क्षेत्रको संरक्षण हुन्छ र यसलाई आयस्रोत वृद्धिको माध्यमका रुपमा पनि विस्तार गर्न सकिन्छ ।

पृथ्वीको अस्तित्व जोगाउनका लागि वनस्पति संरक्षण गर्नु अनिवार्य छ । वनस्पति मात्र यस्ता सजीव हुन् जसले सौर्य ऊर्जालाई रासायनिक ऊर्जामा रूपान्तरण गरेका हुन्छन् । यो प्रकाश संश्लेषण प्रव्रिmया हो । यदि, वनस्पति नहुँदा हुन् त सौर्य ऊर्जा पारिस्थितिक प्रणालीमा खाद्य सञ्जालको रूपमा जान सक्दैनथ्यो । यसर्थ नीतिगत तथा कानुनी हिसाबले नेपाल सरकारले राष्ट्रिय वन नीति २०७५, राष्ट्रि यवातावरण नीति २०७६ र राष्ट्रियजलवायु परिवर्तन नीति २०७६ कार्यान्वयनमा ल्याएको छ । यसैगरी, संकटापत्र वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण नियमावली २०७३, वन ऐन २०७६ र वातावरण संरक्षण ऐन २०७६ पनि कार्यान्वयनमा आइसकेको छ । १५औं योजनाको आधारपत्र (२०७६/७७–२०८०/८१) मावन तथा जैविक विविधताको संरक्षण, पुनःस्थापना र दिगो उपयोग गरिने उल्लेख गरिएको छ ।

नेपाल सरकारले स्वीकृत गरेको राष्ट्रिय जैविक विविधता रणनीति तथा कार्ययोजना (२०१४–२०२०) को कार्यान्वयनको समीक्षासहित जैविक विविधतासम्बन्धी छैटौं राष्ट्रिय प्रतिवेदन जैविक विविधता महासन्धिको सचिवालयमा पेस गरिएको छ । यसरी जन्मदेखि मृत्युसम्म विभित्र मानव संस्कारमा वनस्पतिका विविध भाग जस्तै फूल, फल, बीउ, बोव्रmा, काठ, जरा आदि प्रयोग हुँदै आएको छ । यसर्थ वनस्पतिले नै यस धर्तीमा जीवित वातावरणको सिर्जना गरिरहेका छन् । वनस्पतिको विनाशको कारण मौसम परिवर्तन, हरित गृह ग्याँस उत्सर्जन, विश्व तापमान वृद्धि र जलवायु परिवर्तनलगायतका असर पर्दछन् । आर्थिक विकास र वातावरणको अन्योन्याश्रित सम्बन्धबाट नै दिगो वातावरण कायम गर्न सकिन्छ । दिगो वातावरण सँगसँगै दिगो विकास अगाडि बढ्न सक्दछ । यसको ठोस कार्यान्वयन हुनु अनिवार्य छ । होइन भने विकासका नाममा धेरै विनाश हुन सक्दछ । त्यसैले, वातावरणमैत्री विकासका गतिविधिहरू मात्र सञ्चालन गरिनुपर्दछ । जैविक प्रविधि नीति, २०६३ ले जैविक प्रविधिलाई देश विकास र वातावरणीय संरक्षण एवं जनकल्याणको सशक्त आधारको रूपमा प्रतिस्थापन गरी गरिबी निवारणमा योगदान दिने लक्ष्य लिएको छ । नीतिले बौद्धिक सम्पत्ति सम्बन्धि अधिकार, जैविक सुरक्षा, जैविक निगरानी तथा जैविक नैतिकता जस्ता विषयहरूलाई पनि सुनिश्चितता प्रदान गर्ने उल्लेख गरेको छ ।

समग्रमा भन्नुपर्दा जैविक विविधताको दृष्टिकोणले नेपाल विश्वको २५औं र एसियाको ११औं स्थानमा पर्ने अध्ययनले देखाएको छ । मूलतः विश्व बैंकले सन् २०२० मा नेपालको आर्थिक वृद्धि दर १.५ देखि २.८ प्रतिशत रहने अनुमान गरेको छ । कोरोना महामारीका कारण जैविक विविधताको क्षेत्रमा पर्न सक्ने असर केलाउने हो भने काष्ठ तथा गैरकाष्ठ वन पैदावारको उत्पादन घट्ने, बन्दाबन्दीको अवधि मावन, वन्यजन्तुको संरक्षणमा चुनौती थप हुन सक्ने, वन संरक्षण व्यवस्थापनमा वन समूहको गतिविधि र परिचालन न्यून हुने, पर्यापर्यटनमा कमी हुने, रोजगारीमा कमी आउने आदि देखिन्छ । यसैको कारणले गर्दा अहिले विश्वभरी कोरोना भाइरसले तहस नहस स्थिति उत्पन्न गराएको छ ।

यसको संरक्षणमा युवालाई परिचालन गरी संरक्षण संस्कार वृद्धि गर्न सके जैविक विविधता संरक्षणका लागि महत्वपूर्ण कदम हुनेछ । देश जैविक विविधताका दृष्टिले धनी मानिए पनि यहाँका सिमसार क्षेत्रको संरक्षण नहुँदा र त्यसलाई व्यवस्थितरुपमा उपयोग गर्न नसक्दा एकातिर जैविक विविधतामा खतरा बढेको छ भने अर्कोतिर सिमसारसँग जोडिएका जैविक, सांस्कृतिक तथा धार्मिक महत्व पनि ओझेलमा पर्न पुगेका छन् । त्यसैले यस्ता क्षेत्रको संरक्षण गर्ने हो र यससँग सम्बन्धित धार्मिक, सांस्कृतिक महत्वलाई बढीभन्दा बढी उजागर गर्ने अनि स्थानीय जनसमुदायलाई त्यसमा संलग्न गराउने हो भने पक्कै पनि सिमसार क्षेत्रको संरक्षण हुन्छ र यसलाई आयस्रोत वृद्धिको माध्यमका रुपमा पनि विस्तार गर्न सकिन्छ । अतः देशमा १ सय १८ प्रकारका पारस्थितिकीय प्रणाली, ३५ प्रकारका वन र ७५ प्रकारका वनस्पति समुदाय पाइन्छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi