neapl investment mega bank
  • गृहपृष्ठ
  • एपीएफ टोलीद्वारा अवैध गाँजा तथा सुर्तीजन्य पदार्थसहित पक्राउ

एपीएफ टोलीद्वारा अवैध गाँजा तथा सुर्तीजन्य पदार्थसहित पक्राउ

Jun 3rd, 2020

धनुषा, जेठ २१

धनुषा जिल्लाको नगराईन नगरपालिका २ राघवपुरस्थित सीमा ईलाकाबाट जेठ २१ गते एपीएफ टोलीले चार बोरा सुर्तीजन्य पदार्थ र पाँच केजी गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही जिल्लाको जनकपुर उपमहानगरपालिका ६ पिठिया बजार बस्ने ३१ बर्षिय राकेश कुमार मण्डल छन् । नेपालबाट भारततर्फ जाँदै गरेका निज मण्डललाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट नगराईनबाट खटिएको एपीएफ टोलीले उक्त सुर्तीजन्य पदार्थ तथा गाँजासहित पक्राउ गरेको हो ।

पक्राउ परेका मण्डललाई बरामद सुर्तीजन्य पदार्थ तथा गाँजासहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi