neapl investment mega bank

एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ

Jun 3rd, 2020

बारा, जेठ २१

बारा जिल्लाको बिश्रामपुर गाँउपालिका ३ स्थित सीमा ईलाकाबाट जेठ २१ गते एपीएफ टोलीले विभिन्न किसिमको लागूऔषधसहित सोही ठाउँ बस्ने १८ बर्षिय धनन्जय यादवलाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बरैनियाबाट खटिएको एपीएफ टोलीले निज यादवलाई शंका लागि जाँच गर्दा उनको साथमा नाईट्राजेपाम ६ सय वटा र वीनसिरेक्स १ सय ४७ बोतल फेला परेपछि पक्राउ गरिएको हो ।

निज यादवलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi