neapl investment mega bank

ट्राफिक नियन्त्रण तालिम समापन

Jun 3rd, 2020

काठमाडौ, जेठ २१

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा प्रहरी हवल्दार तथा प्रहरी जवानहरुको लागि संचालित १३५औं समूहको ट्राफिक नियन्त्रणतालिम बुधबार समापन भएको छ ।

उक्त तालिम समापनका अवसरमा आयोजित कार्यक्रममा सोही महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले प्रशिक्षार्थीलाई प्रमाणपत्र तथा पुरस्कार वितरण गरे ।

कार्यक्रममा प्रशिक्षार्थीहरुलाई निर्देशन दिँदै प्रहरी बरिष्ठ उपरीक्षक ढकालले तालिमममा प्रदान गरिएको सैद्धान्तिक एवं व्यवहारिक ज्ञान, सिप प्रयोग गरी संगठनले दिएको जिम्मेवारी पुरा गर्नुपर्ने बताए । कोरोना भाइरसको संक्रमणको अवस्थामा सामाजिक दुरी कायम लगायतका सुरक्षाका उपायलाई ध्यान दिँदै तोकिएको जिम्मेवारी पूरा गर्न पूर्ण व्यवसायिकताका साथ कार्य गर्नुपर्नेमा उनले जोड दिए ।

२०७६ माघ २६ गतेबाट संचालन भएको उक्त तालिममा प्रहरी हवल्दार ३ जना र प्रहरी जवान ८८ जना गरी कुल ९१ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको तालिम संयोजक प्रहरी नायव उपरीक्षक रामकृष्ण सापकोटाले उक्त अवसरमा जानकारी दिए ।

aadharbhumi
aadharbhumi
aadharbhumi