भक्तपुर, २१ जेठ
१४ वर्षीया बालिकालाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा भक्तपुर नगरपालिका-२ व्यासी बस्ने काभ्रे पनौती नगरपालिका-४ घर भएका ३१ वर्षीय मोहन तामाङलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
तामाङले ती बालिकालाई जबरजस्ती करणी उद्योग गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग व्यासीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।