neapl investment mega bank
  • गृहपृष्ठ
  • ललितपुरको महालक्ष्मी नगरपालिकामा ३३ जना आर.डि.टि पोजिटिभ, पि.सि.आर रिर्पोट आउन बाँकी

ललितपुरको महालक्ष्मी नगरपालिकामा ३३ जना आर.डि.टि पोजिटिभ, पि.सि.आर रिर्पोट आउन बाँकी

Jun 3rd, 2020

आधारभूमि संवाददाता
ललितपर ,जेष्ठ २१


ललितपुरको महालक्ष्मी नगरपालिकाले गत शनिबार ५ सय जना अत्यावश्यक सेवा दिने मध्ये मासु व्यवसायी, तरकारी, किराना पसले, दूध व्यवसायीहरुको कोरोना परिक्षण गरेको छ । ५ सय जना मध्ये ३३ जनामा आर.डि.टि पोजेटिभ पाइएको र आइतबार जनस्वास्थ प्रयोशाला टेकुमा परिक्षण गर्दा ३३ जनाको पि.सि.आर रिपोर्ट नेगेटिभ आएको महालक्ष्मी नगरपालिका वडा नंं १ का वडा अध्यक्ष नन्द के. सी.ले बताए । सो विषयमा जानकारी माग्दा जिल्ला जनस्वास्थ कार्यालय ललितपुरका प्रमुख डा. खगेश्वर गेलालले आफुलाई आर.डि.टि.मा ३३ जना कोरोना पोजिटिभ आएको थाहा भएको र पि.सि.आर. रिपोर्ट आउन बाँकी रहेकोको बताए ।

महानगरीय प्रहरी प्रभाग इमाडोलका प्रमुख राजु कार्कीले यस वडा नं.१ मा कोरोना संक्रमित कोही पनि नभएकाले आम नागरिकलाई ढुक्क रहन आग्रह गरे।