काठमाडौ, जेठ २०
सरकार कै व्यवस्थापकीय कमजोरीकाकारण कोरोना भाईरस (कोभिड १९) को महामारी तिब्ररुपमा फैलिएको आरोप राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले लगाएको छ । राप्रपाका त्रय अध्यक्षहरु पशुुपती शमसेर जवरा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाले बिज्ञप्ती जारी गर्दे उक्त आरोप लगाएका हुुन ।
राप्रपाले बिज्ञप्ती मार्फत भनेको छ, हालसम्म कोरोनाको विरुद्ध नेपाल सरकारले निरन्तर रुपमा लकडाउन नीति अपनाएको हो, जुन आफैमा ठिक थियो । तर यो नीति लागु भएको दुई महिना विति सक्दा पनि नेपाल सरकारले अपनाउनु पर्ने अन्य कार्य योजना र व्यवस्थापन पक्षलाई उपेक्षा गरेकोले कोरोना संक्रमणले देशमा विकराल स्थिति सिर्जना गरेको छ । मूलतः लकडाउनको समयको उपयोग गरेर नेपाल सरकारले कोरोना विरुद्ध औषधि उपलब्धी, भण्डारण र व्यवस्थापनमा लापरवाही गरेको छ । अझ औषधी खरिदमा भएको भ्रष्टाचारलाई पनिछोप्ने प्रयासले जनतामा निरासा र आक्रोश दुवै बढेर गएको छ, राप्रपाले भनेको छ ।
कोरोना संक्रमणविरुद्ध व्यवस्थापकीय पक्षमा नेपाल सरकारको लापरवाही चिन्ताको बिषय भएको छ । क्वारेन्टाइन र आइसोलेसनका व्यवस्थामा देखिएको योजनाको अभाव र लापरवाही प्रवृतिले जनता पिडित भएकाछन् र रोगको बढ्दो चापको परिप्रेक्षमा आउँदादिनहरुमा सरकारी यन्त्र निरिह अवस्थामा पुग्ने र ठूलो जनधनको क्षतिहुन सक्ने सम्भावना बढेको छ । यस बारे सरकार वेखबर देखिन्छ । कोरोना नियन्त्रणको ठूलो जिम्मा स्थानीयतहमा दिईएको छ । तर यस बारे साधन, श्रोत र स्पष्ट मार्ग निर्देशनको अभावमा स्थानीय सरकारहरुलाई प्रभावकारी बनाउन सकिएको छैन । त्यसकारण यस्तो रोगको समयमा पनि स्थानीय निकायहरु दलगत राजनीतिभन्दा माथि उठ्न नसक्नु गम्भिर संकटको धोतक हो, राप्रपाले भनेको छ ।
कोरोना पिडित ज्यालादारी मजदुर र सेवा क्षेत्रमा लागेका हजारौ व्यक्तिहरु आम्दानी विहिन भएकाछन् । उनिहरुलाई प्रभावकारी रुपमा न राहतको व्यवस्था छ न आफ्नो आउँमा जानको लागिकुनै सहयोग छ । हजारौ परिवार विचल्लिमा छन् र भोकभोकै रहने स्थिति छ तर सरकार किंकर्तब्य विमुख रहेको छ ।
भारतबाट हजारौको संख्यामा नेपालीहरु देशमा आउँदैछन् । उनिहरुको स्वास्थ्य स्थिति बारे साधारण अनुगमन गर्न पनि नेपाल राज्य असफल हुँदैछ । उनिहरु ग्रामीण क्षेत्रमा पुग्दा त्यसबाट कोरोना गाउँ–गाउँमा फैलिने सम्भावनाबारे राज्य आफ्नो जिम्मेवारीबाट पन्छिएको देखिन्छ । यो भनेको सरकार नहुनुको स्थिति हो ।
कोरोनासँग लड्न सरकारको अहिलेसम्मको गतिविधि हेर्दा लकडाउन बाहेक अन्यकुनै प्रभावकारी प्रयास देखिएको छैन । तर महिनौसम्म अर्थतन्त्र ठप्प हुँदा देशमा र विशेष गरेर दूर्गम क्षेत्रमा भोकमरीको खतरा बढेर गएको छ । काठमाण्डौमा समेत फाट्टफुट्ट गरिब श्रमिकहरु काम नपाएर तथा खान नपाएर मरेको खबर आईरहेको छ । यस्तो हुन नदिन कसरी कोरोना महामारीको वेगलाई रोक्ने अर्थतन्त्रचलाय मान गराउने भन्ने दिशामा सरकारको कुनै चिन्तन छैन । यस्तो अवस्थामा राष्ट्रपतिको लागि करौडोको नयाँ कार्पेट, आन्तरिक सजावट तथा जिमखाना खरिद निर्माण गर्न सरकारी निर्णय पढ्दा जनताले आलो घाउमा नुनचुक छर्केको महसुस गरेका छन् ।
कोरोना नियन्त्रण गर्ने उपप्रधानमन्त्रीको नेतृत्वमा गृहमन्त्री, स्वास्थ्यमन्त्री लगायत भएको उच्च स्तरीय समिति रहेको छ । तर यो नेताहरुबाट हामीले माथि उल्लेख गरेका बुँदाबारे कुनै विश्लेषण, चिन्तन र दिशावोध देखिएको छैन । यो उच्च स्तरीय समितिको कामहालसम्म मन्त्रालयको एकजना उपसचिवबाट प्रत्येक दिन कसरी कोरोना बढेर गइरहेछ भन्ने संख्या दिनु बाहेक अरु केहि देखिएन ।
समष्टीमा कोरोना नियन्त्रण र अर्थतन्त्रको व्यवस्थापन र निम्न आय भएका गरिब, ज्यालादारी मजदुर र असहाय जनताप्रति सम्वेदनशील भएर नेतृत्व दिने काम नेपाल सरकारले गरेन या गर्न सकेको छैन । यो निष्कृयता कायम रहने हो भने देशले ठूलो पिडा र कष्ट भोग्नु पर्नेछ । यो वास्ताविकता प्रति हामी नेपाल सरकारको गम्भिरध्यान आकृष्ट गर्दछौ, राप्रपाले भनेको छ ।