neapl investment mega bank
  • गृहपृष्ठ
  • फोन पे ले पायो पेमेन्ट कार्ड इन्डष्ट्रि डाटा सुरक्षा मापदण्ड

फोन पे ले पायो पेमेन्ट कार्ड इन्डष्ट्रि डाटा सुरक्षा मापदण्ड

Jun 2nd, 2020

काठमाडौ, जेठ २०

फोन पे पेमेन्ट सर्विस लिमिटेड नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त नेपालको एक अग्रणी र प्रतिष्ठित भुक्तानी प्रणाली अपरेटर हो । फोनपे नेटवर्कमा ५२ वटा बैक तथा वित्तीय संस्था, एक लाख ४० हजार मर्चेन्ट रहेका छन् भने ११ लाखमोबाईल बैंकिङ प्रयोगकर्तामा यसले सेवा प्रदान गर्दै आएको छ ।

दैनिक एक लाखभन्दा बढि कारोबार हुँदै आएको फोनपे ले विश्वविख्यात डाटा सुरक्षा मापदण्ड ‘पेमेन्ट कार्ड इन्डष्ट्रि डाटा सुरक्षा मापदण्ड’ पीसीआइ डिएसएस भि थ्रि.टु.वान प्रमाणीकरण प्राप्त गरेको छ ।

योसँगै कम्पनीको पुरा प्लाटफर्म पिसिआई डिएसएस मान्यता प्राप्त सेवा प्रदायकको उपलब्धी हाँसिल गरेको छ । यस प्रमाणीकरणले फोनपेको दायरा अन्तरगत गरिएका सबै कारोबार सुरक्षित रहेका छन् र भुक्तानगर्ने ग्राहकका हरेक डाटा सुरक्षा गर्न कम्पनी प्रतिवद्ध छ भन्ने कुराको प्रमाणित गरेको छ ।

भुक्तान कार्ड उद्योग डाटा सुरक्षा मापदण्ड भुक्तान कार्ड उद्योग सुरक्षा मापदण्ड काउन्सिलद्धारा अवलम्बनगरिएको अनिवार्य कडा मापदण्डहरुको सेट हो । जहाँ कम्पनीले पीसीआइद्धारा उल्लेख गरिएका मापदण्डहरू पुरा गर्नुपर्दछ । यसले डाटाको भण्डारण,प्रक्रियातथा डाटाहरुको सुरक्षागर्दछ भने भुक्तानीमा हुने धोकाधडी अर्थात् फ्रड कार्यलाई लाई रोक्दछ ।

टेक्नोलाजी विक्रेताहरूका लागि पीसीआइ डिएसएस स्तर प्रमाणिकरण प्राप्त गर्नका लागि पीसीआइ मापदण्ड अनुसार आफ्नो टेक्नोलोजी,नेटवर्क र आन्तरिक प्रक्रियाहरूको सुनिश्चितगर्न विस्तृत अडिट हुन्छ । फोनपेले पनि क्यु एस ए सिसा को पूर्ण अडिट पछि यो पीसीआई डिएसएस अनुरुप रहेको पुष्टि गर्दै प्रमाणिकरण प्राप्त गरेको हो ।

फोन पे का प्रमुख टेक्निकल अफिसर दिवस सापकोटाले भने, फोन पे नेपालमा यस किसिमको प्रमाणिकरण प्राप्तगर्ने गैर कार्ड आधारित पहिलो पिएसओ हो । यसले पीसीआइ डिएसएस अनुपालन गर्नका लागि आफैले आफैलाई प्रश्नावली (एसक्युए) गर्दै आफ्नो पूर्वाधारमा थप लगानी गर्न सक्षम बनाउछ । यसबाट ग्राहकको डाटा सुरक्षा हुनुका साथै डाटा उलंघनको जोखिमलाई हटाउँछ र कुनै पनि संदिग्ध उलंघनको छानविनको दायरा बढाइ संस्था तथा ग्राहकको वीत्तिय क्षतिको जोखिम हटाउँछ’ ।

सिसा विश्वव्यापीका संस्थापक तथा सिइओ धर्सन शान्तमुर्तिले भने पीसीआइ डिएसएस प्राप्त गर्न र नेपालको पहिलो भुक्तान सेवा अपरेटर कम्पनीको रुपमा माइलस्टोन प्राप्त गर्न सफलभएकोमा फोनपे टिमलाई बधाई छ । फोन पे ले अब डाटा सुरक्षा गर्न र जोखिम न्यूनिकरण गर्नका लागि आधार खडा गरेको छ । जब संस्थाहरु आफ्नो समय र लगानी यस किसिमका क्षेत्रका लागी खर्च गर्छन्, हामी बझ्दछौँ की उनीहरुले आफ्नो ग्राहकको डाटा सुरक्षाका लागि कति महत्व दिन्छन् । पीसीआई डिएसएस प्रमाणीकरणको साथ कम्पनीले ग्राहकका भुक्तानी वातावरण सुरक्षित राख्न सबै आवश्वक प्रविधिका उच्च सु्रक्षा सुनिश्चित गरेको छ ।