neapl investment mega bank
  • गृहपृष्ठ
  • लकडाउनको समयसिमा र मोडालिटीबारे पुर्नबिचार गर्न आग्रह

लकडाउनको समयसिमा र मोडालिटीबारे पुर्नबिचार गर्न आग्रह

Jun 1st, 2020

काठमाडौ, जेठ १९

लकडाउनको समयसिमा र मोडालिटीबारे पुर्नबिचार गर्न आग्रह बिद्युुत व्यवसायीहरुले आग्रह गरेकाछन । बिद्युुतीय सामानको व्यापार गर्ने व्यवसायीहरुको छाता संगठन बिद्युत व्यवसायी संघले बिज्ञप्ती जारी लक डाउनको मोडालिटी र लक डाउनको समयसिमाबारे पुर्नबिचार गर्न आग्रह गरेको हो ।

संघले बिज्ञप्ती जारी गर्दे भनेको छ, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) को संक्रमण विस्तार हुन नदिन नेपालमा पनि २०७६ चैत्र ११ गतेदेखि निरन्तर बन्दाबन्दी (लकडाउन) जारी रहेको छ । समस्याको निदान गर्ने लकडाउन मात्रै अन्तीम बिकल्प होइन भन्ने कुरा विश्वव्यापी अभ्यास समेतले स्पष्ट पार्दछ । कोरोना भाइरस संक्रमण नियन्त्रणको कुनै निश्चत समय किटान गर्न गाह्रो भएको र यसको रोकथामको लागि विश्वनै लागी रहेको अहिलेको अवस्थामा लकडाउनको मोडालिटी परिर्वत गर्दै अत्यन्त सम्वेदनसिल क्षेत्र बाहेक अन्य क्षेत्रमा खुकुलो पार्दै आमजनजीवन र आर्थिक गतिविधि चलायनमान बनाउँदै जानुपर्दछ, संघले भनेको छ ।

लकडाउनले गर्दा व्यवसायीहरु रोगले भन्दा पहिला भोकले मर्ने अवस्था सृजना हुँदै आएको अवस्थामा स्वास्थ्य सुरक्षालाई मजवूद बनाउँदै, परिक्षणको दायरालाई फराकिलो बनाउँदै, आर्थिक जनजीवन सामान्य बनाउने तिर नलागेर नेपाल सरकारले लकडाउन मात्र थपेर समय खेर फालिरहेको आभास हामी विद्युतीय व्यवसायीलाई हुन थालेको छ ।

निमार्ण सामाग्री अन्र्तगत पर्ने विद्युतीय सामाग्रीहरुको प्रयोग मानव जिवनको दैनीकीको लागि अति आवश्यक बस्तु भएकाले यसको नियमित रुपमा मर्मत संभार गर्नुपर्ने, नयाँ जडान गर्नु पर्ने अथवा बदल्नु पर्ने हुन्छ । यसका लागि आवश्यक विद्युतीय सामाग्रीको उपलब्ध नभएर उपभोक्ताहरु मारमा परेका छन् भने नेपाल सरकार, मन्त्री परिषदको निर्णय अनुसार विद्युतीय सामाग्रीहरु उत्पादन गर्ने उद्योगहरुबाट न्यून क्षमतामा उत्पादन गरिएता पनि बजार, पसलहरु नखुलेकाले उत्पादीत सामाग्री उपभोक्ता समक्ष पु¥याउन नसकिएकाले, उद्योगहरुले पूँजी परिचालनको अभावले कच्चापदार्थ खरिद गर्न नसक्ने अवस्था हुन सक्ने भएकाले नेपाल सरकार र विश्व स्वास्थ्य संगठनले सार्वजनीक गरेको सूचना अनुसारका स्वास्थ्य सुरक्षाको उच्च मापदण्ड पालना गरी र सामाजिक दूरीका साथ आवश्यक विद्युतीय सामाग्रीहरु उत्पादन गर्ने उद्योगहरु, विद्युतीय सामाग्रीहरुको व्यापार व्यवसाय (आपूर्ति एवं बिक्रि वितरण) संचालन गर्न पाँउने व्यवस्था गर्न नेपाल सरकार समक्ष नेपाल विद्युतीय व्यवसायी महासंघ जोडदार माग गर्दछ ।

लकडाउनको यो अवधिमा मुलुकले निकै ठूलो क्षति समेत व्यहोरेको छ । जोखिमको तुलनात्मक स्थितिको यथार्थपरक आंकलन र आम श्रमजीवी मजदूर, साना एवं मझौला व्यवसायी लगायत आम सर्वसाधारण नागरिकको जीवन निर्वाहसम्म गर्न नसक्ने अवस्थामा पुगेको यथार्थतालाई बिश्लेषण गरी विद्युतीय सामाग्रीहरुको व्यापार व्यवसाय संचालनमा सहजता ल्याउन र थप गरिएको लकडाउनको मोडालिटीमा गम्भीर पुर्नर विचार गर्न नेपाल विद्युतीय व्यवसायी महासंघ नेपाल सरकार समक्ष जोडदार माग गर्दछ, संघले भनेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi