neapl investment mega bank

पेस्तोल र गोली सहित पक्राउ

Jun 1st, 2020

धनुषा, जेठ १९

जनकपुर उपमहानगरपालिका १७ बलौनीबाट अटोमेटिक पेस्तोल १ थान, म्यागजिन ३ थान, गोली ५ राउण्ड र चक्कु १ थान सहित महोत्तरी लोहरपट्टी नगरपालिका ८ भम्रपुरा बस्ने डि.के.भन्ने २० वर्षीय अजिजुल राईनलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

२ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले उनलाई जनकपुर उपमहानगरपालिका-१७ बलौनीस्थित आपँको बगैचामा ज.४ प ३९३३ नम्बरको मोटरसाइकल रोकी शंकास्पद अवस्थामा फेला पारी तलासी गर्दा उनको साथबाट उक्त हातहतियार फेला पारेको हो ।

राईन उपर हातहतियार तथा खरखजाना सम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi