neapl investment mega bank

बाढीले बगाउँदा दुई मजदुर बेपत्ता

Jun 1st, 2020

कैलाली, जेठ १९

चुरे गाउँपालिका-३ स्थित पातली खोलामा सोमबार बिहान आएको बाढीले बेगाई सोही खोला नजिक बस्दै आएका २ जना बेपत्ता भएका छन् ।

बेपत्ता हुनेहरुमा सोही गाउँपालिका सहजपुर बोक्टान निर्माणाधिन सडक खण्डमा लेवर काम गर्ने कञ्चपुर कृष्णपुर नगरपालिका-४ गुलरिया बस्ने अन्दाजी ४० वर्षीय र २४ वर्षीय पुरुषहरु रहेका छन् । पातली खोलाको छेउमा पाल टाँगी बस्दै आएका उनीहरुलाई खोलामा आएको बाढीले बगाउँदा बेपत्ता भएको बताइएको छ ।

ईलाका प्रहरी कार्यालय फल्टुडे र प्रहरी चौकी घरखेडाबाट खटिएको प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा बेपत्ता भएकाहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi