neapl investment mega bank
  • गृहपृष्ठ
  • बाँकेमा बस र ट्रक ठोक्किँदा १२ को मृत्यु, २१ घाइते

बाँकेमा बस र ट्रक ठोक्किँदा १२ को मृत्यु, २१ घाइते

Jun 1st, 2020

बाँके, जेठ १९

राप्ती सोनारी गाउँपालिका-२ ठोरी जंगलस्थित सडकमा सल्यानतर्फ जाँदै गरेको बा.५ ख ५९९५ नम्बरको फोर्स गाडी आइतबार राति दुर्घटना हुँदा गाडीमा सवार १२ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका उनीहरुको भरी अस्पताल नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका गाडीमा सवार अन्य २१ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । सल्यानतर्फ जाँदै गरेको सो गाडी सडकमा बिग्रिएर रोकी राखेको ना.४ ख ९०६४ नम्बरको ट्रकको पछाडी ठक्कर खाई दुर्घटना भएको हो ।

दुर्घटनास्थलमा तत्काल खटिएको प्रहरीले आवश्यक उद्दार कार्य गर्नुका साथै थप अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi