neapl investment mega bank
  • गृहपृष्ठ
  • बन्दाबन्दीकै बीचमा ‘श्यामपाटी–भकुण्डे’ सडक स्तरोन्नति सम्पन्न

बन्दाबन्दीकै बीचमा ‘श्यामपाटी–भकुण्डे’ सडक स्तरोन्नति सम्पन्न

May 31st, 2020

बनेपा, १८ जेठ(९रासस)

बन्दाबन्दीकै बीचमा पनि निरन्तररूपमा काम गरेको उपभोक्ता समितिले नमोबुद्ध नगरपालिकाको दाप्चा क्षेत्रको आठ किलोमिटर सडक स्तरोन्नति कार्य सम्पन्न गरेको छ । वाग्मती प्रदेश सरकारबाट प्राप्त रु ५० लाख बजेटबाट शुरु गरेको सडक स्तरोन्नतिको काम नगरको वडा नं ७, ८, ९, १०, ११ र १ जोड्ने श्यामपाटी–काउसे–दारेगौँडा–भकुण्डे सडकखण्डको आठ किलोमिटर सडक तोकिएको समयभन्दा करिब एक महिनाअघि नै सम्पन्न गरेको सडक स्तरोन्नति उपभोक्ता समितिका अध्यक्ष टीकाबहादुर तामाङ ९धावा०ले बताउनुभयो ।

“हामीले योजना सम्झौता भएको समयभन्दा करिब एक महिनाअघि नै त्यो पनि कम लागतमा तोकिएको मापदण्डअनुसारकै काम सम्पन्न गरेका छौँ”, तामाङले भन्नुभयो, “उपभोक्ता समितिले गरेको काममा भ्रष्टाचार, ढिलासुस्ती, नराम्रो र समयमा कहिल्यै गर्दैन भन्ने आम जनमानसको बुझाइलाई गलत सावित गर्दै हामीले जिल्लाकै नमूना काम गरेर देखाएका छौँ ।” यसअघिको साढे तीन मिटरको फराकिलो सडकलाई बढाएर अहिले आठ मिटरको बनाएको छ ।

काम सम्पन्न भएसँगै सम्बन्धित वडाका वडाध्यक्ष, जनसमुदाय र उपभोक्ता समितिबीच सार्वजनिक सुनुवाइ गरी काममा लागेको खर्च विवरण प्रस्तुत गरिएको छ । सडक स्तरोन्नति भएपछि अब त्यहाँका किसानलाई आफ्नो बारीमा उत्पादित तरकारी तथा फलफूल आफ्नै घरआँगनबाट बजारसम्म पु¥याएर आर्थिक उपार्जनमा सहज हुने भएको छ ।

सडकको स्तरोन्नति भएसँगै अब छिट्टै कालोपत्र ९पक्की० गर्न नगरसभाबाट रु दुई करोड बजेट विनियोजन भइसकेको उपभोक्ता समितिका अध्यक्ष तामाङले बताउनुभयो । काम सम्पन्न भएपछि भकुण्डे–नौविसे–पुजारी टापु–दारेगौँडा–सिमपानी छाप–काउसे–नमोबुद्ध–पनौती–ललितपुरको लुभु हुँदै ग्वार्को जान निकै सजिलो हुने भएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi