neapl investment mega bank
  • गृहपृष्ठ
  • चितवनमा साइकल लेनसहितको सडक शिलान्यास

चितवनमा साइकल लेनसहितको सडक शिलान्यास

May 30th, 2020

भरतपुर, १७ जेठ (रासस)

चितवनको भरतपुर महानगरपालिकामा पहिलोपटक साइकल लेनसहितको सडक निर्माण हुने भएको छ । भरतपुर–७ को गौरीगञ्ज हेल्थपोष्ट चोकदेखि प्रेमबस्ती चोकसम्म सडक निर्माण गर्न लागिएको हो ।

भरतपुर महानगरपालिका–७ मा निर्माण हुन लागेको सडकको आज शिलान्यास गर्दै महानगर प्रमुख रेनु दाहालले भरतपुर महानगरपालिकामा पहिलोपटक साइकल लेनसहितको स्मार्ट सडक निर्माण गर्न लागिएको जानकारी दिनुभयो । उहाँले भरतपुर महानगरपालिकाका अधिकांश सडक कालोपत्र भएको र बाँकी पनि छिट्टै हुने प्रतिबद्धता जनाउनुभयो ।

वडाध्यक्ष राजेन्द्रमणि काफ्लेका अनुसार एक हजार ३०० मिटर लामो सडकको रु नौ करोड लागत अनुमान गरिएको छ । प्रारम्भिक चरणमा रु तीन करोड ६५ लाख बजेट विनियोजन भएको छ । सडकमा फुटपाथ, ड्रेन, साइकल ट्र्याक हुनेछ । एक वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी सुनकोशी मङ्गलदीप जेभीले निर्माणको जिम्मा लिएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi