neapl investment mega bank
  • गृहपृष्ठ
  • नवलपरासी सुस्ता पश्चिममा प्रदर्शन र विराटनगर दलित बस्तीमा खाद्यान्न सहयोग

नवलपरासी सुस्ता पश्चिममा प्रदर्शन र विराटनगर दलित बस्तीमा खाद्यान्न सहयोग

May 30th, 2020

काठमाडौ, जेठ १७

रुकुम पश्चिम चौरजहारीमा पाँच जनाको मृत्यु र एक जना वेपत्ता भएको घटनाको सत्य तथ्य छानविन गर्नका लागि संसदिय समिति गठन गर्न, दोषीमाथि कानुनसम्मत कारबाही गर्न माग गर्दै मानव अधिकार तथा शान्ति समाज नवलवरासी सुस्ता पश्चिमले जेठ १७ गते बिहान बर्दघाट चोकमा विरोध प्रदर्शन सहितको कार्यक्रम गरेको छ ।

कार्यक्रमका प्रमुख वक्ता मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय बरिष्ठ उपसभापति गोविन्द खनालले घटनाको सत्य तथ्य अन्वेषण गर्न शिघ्र संसदीय समिति गठनमा जोड दिँदै दोषीलाई कारवाही र पिडितलाई न्याय नहुदा सम्म आन्दोलन जारी रहने बताए ।

संविधान सभा सदस्य बिक्रम खनालले सरकारले अहिले गठन गरेको समितिबाट आम जनताले सामाजिक न्याय पाउने अपेक्षा गर्न नसक्ने बताउदै यो घटनामा सरकार गम्भिर नभएको बताए । नेपाल पत्रकार सहासंघ नवलपरासीका कोषाध्यक्ष रविलाल पाण्डेय, दलित संघका राजेन्द्र सुनार लगायतका वक्ताहरुले घटनाको छानविन गरी दोषीलाई कारवाही हुनुपर्ने बताए । मानव अधिकार तथा शान्ति समाज नवलपरासी सुस्ता पश्चिम शाखाका सभापति सन्तोष अधिकारी, अधिकारकर्मीहरु प्रकाश न्यौपाने र गणेश न्यौपानेले समेत मन्तव्य व्यक्त गरे ।

मानव अधिकार तथा शान्ति समाज नवलपरासी सुस्ता पश्चिम शाखाको आयोजनामा भएको कार्यक्रममा, राजनीतिक दलका प्रतिनिधि, नागरीक समाजका प्रतिनिधि, मगर संघ, दलित संघ, सुनचादि व्यवसायी संघ, उद्योग वाणिज्य संघ, पत्रकारलगायतको सहभागिता रहेको थियो । प्रदर्शनका सहभागी सबैलै जातिय भेदभावको अन्त्य गरौं, रुकुमको घटनामा संसदिय समिति गठन गर, दोषिलाई कारवाही गर, छुवाछुतको अन्त्य गर लेखिएका प्ले कार्ड बोकेका थिए ।

यसैगरी जेठ १७ गते बिहान रुपन्देहीस्थित देवदह नगरपालिका खैरेनीमा रुकुम घटनाको विरोधमा विभिन्न संस्थाहरुद्वारा आयोजित कार्यक्रममा शान्ति समाजका वरिष्ठ उपसभापति गोविन्द खनालले मन्तव्य व्यक्त गरे ।

विराटनगरको दलित बस्तीमा खाद्यान्न सहयोग

मानव अधिकार तथा शान्ति समाज मोरङ शाखाले विराटनगर १२ गणेशचोकस्थित २० वटा विपन्न दलित परिवारलाई चामल, दाल, तेलसहित रु. २० हजारको खाद्यान्न सहयोग उपलब्ध गराएको छ । शान्ति समाजका सदस्यहरु डिकप्रसाद घिमिरे, विकास थापा, डिल्लीबहादुर कार्की, निर्मला सुवेदी, भेषराज पोखरेल लगायतले जेठ १७ गते विहान उपरोक्त खाद्य सामग्रीहरु हस्तान्तरण गरेका थिए ।

aadharbhumi
aadharbhumi
aadharbhumi