neapl investment mega bank
  • गृहपृष्ठ
  • ट्राफिक प्रहरीलाई ’रोटरी क्लव’ द्धारास्वास्थ्य सामग्री सहयोग

ट्राफिक प्रहरीलाई ’रोटरी क्लव’ द्धारास्वास्थ्य सामग्री सहयोग

May 29th, 2020

काठमाडौ, जेठ १६

कोरोना महामारीको रोकथाम र नियन्त्रणमा जुटिरहेका ट्राफिक प्रहरीलाई रोटरी क्लब, पशुपतिले स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।

महाशाखामा आज एक कार्यक्रमवीच रोटरी क्लबका अध्यक्ष हर्क साउदले महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकाललाई उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुुन ।

महाशाखा प्रमुख ढकाललेकोरोना भाइरसको जोखिमबाट बच्न नेपाल सरकारले लागू गरेको लकडाउनलाई कडाईका साथ पालना गराउन अग्रपङ्तिमा रही आम नागरिकको सेवा र सुरक्षामासक्रिय रूपमा ट्राफिक प्रहरी खटिएको बताए । उनले यस बिषम परिस्थितीमा ट्राफिक प्रहरीलाई उक्त स्वास्थ्य सामग्रीले कोरोना संक्रमणको जोखिमबाट बच्नको लागि महत्वपूर्ण भुमिका खेल्नुका साथै थप हौसला र उच्च मनोबल समेत मिल्ने भएकोले रोटरी क्लब, पशुपतिले गरेको सहयोग एवम् सदभाव प्रति विशेष धन्यवाद दिए ।

कार्यक्रममा रोटरी क्लबका अध्यक्ष हर्क साउदले माहामारीको यस घडीमा नागरिकको सेवामा अहोरात्र खटिने ट्राफिक प्रहरीलाई संक्रमणको जोखिमबाटबच्न र काम गर्ने मनोबल थप उच्च हुने बिश्वासका साथ स्वास्थ्य सामग्री प्रदान गरिएको हो । आगामी दिनमा पनिट्राफिक प्रहरीलाई यस्तै सहयोग एवम् सहकार्य गरी निरत्तर अगाडि बढ्न क्लवतत्पर रहेको उनले उल्लेख गरे ।

कार्यक्रममा प्रहरी अधिकृतहरु तथा रोटरी क्लबका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जिवन कुमार श्रेष्ठका अनुसार उक्त रोटरी क्लवबाटप्राप्त के एन ९५ मास्क १५०० थान र २७.५ लिटर सेनिटाईजर महाशाखालाई प्राप्त भएको छ । उक्त सामग्रीहरू सम्पूर्ण ट्राफिक प्रहरीलाई वितरण गरिने बताए ।

aadharbhumi
aadharbhumi
aadharbhumi