neapl investment mega bank

सवारी दुर्घटनामा परी मृत्यु

May 29th, 2020

काठमाडौं, जेठ १६

काठमाडौं महानगरपालिका २६ गोंगबुस्थित बिजि मल अगाडि सडकमा बा.२ क ५४८४ नम्बरको मिनिट्रक र ना.६५ प २८०१ नम्बरको स्कुटर एक आपसमा ठक्कर खाई बिहीबार राति दुर्घटना हुँदा स्कुटरमा सवार २ जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका स्कुटर चालक बझाङ्ग घर भएका २२ वर्षीय लोकेन्द्र बिष्टको त्रिबि शिक्षण अस्पताल र स्कुटरमा सवार धन बहादुर बुढाको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो । मिनिट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

ताप्लेजुङ, फुङलिङ नगरपालिका-९ कटहरेस्थित सडकमा बिराटनगरबाट सानिमा हाईड्रोपावरको सामान लिई जाँदै गरेको ना.६ ख ८२६२ नम्बरको ट्रक ब्रेक फेल भई सडकबाट अन्दाजी ५० मिटर तल खसेर बिहीबार दिउँसो दुर्घटना हुँदा चालक झापा बाह्रदर्शि गाउँपालिका ६ डाँगिबारी बस्ने २९ वर्षीय ज्ञान बहादुर तामाङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi