neapl investment mega bank

सालको गोलिया काठ बरामद

May 27th, 2020

सुनसरी, जेठ १४

सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका १ बाट जेठ १३ गते एपीएफ टोली र स्थानीय वन कार्यालयको टोलीले करीव एक लाख ४८ हजार रुपैयाँ बराबरको सालको गोलिया काठ बरामद गरेको छ ।

सो ठाउँस्थित वनमा लुकाईछिपाई राखेको अवस्थामा उल्लेखित मूल्य बराबरको एक सय ४८ क्युफिट सालको गोलिया काठ सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश चतराबाट सशस्त्र प्रहरी सहायक निरीक्षक ईन्द्रबहादुर बस्नेतको कमाण्डमा खटिएको एपीएफ टोली र सब डिभिजन वन कार्यालय चतराबाट खटिएको टोलीले बरामद गरेको हो । बरामद काठ सब डिभिजन वन कार्यालय चतरामा बुझाईएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi