neapl investment mega bank
  • गृहपृष्ठ
  • स्काउट लिडरहरु भक्तपुरको पाँंच तल्ले मन्दिरको पुननिर्माणमा

स्काउट लिडरहरु भक्तपुरको पाँंच तल्ले मन्दिरको पुननिर्माणमा

May 27th, 2020

भक्तपुर, जेठ १४

नेपाल स्काउट जिल्ला समिति भक्तपुरका स्काउट लिडरहरु भक्तपुरको प्रसिद्ध पाँंचतल्ले मन्दिरको जिर्णाेद्धारमा जुटका छन् । मन्दिर पुननिर्माणको क्रममा जनश्रमदानमा उनीहरु जुटेका हुन् । लकडाउनदेखि प्रत्येक दिन जनचेतनामूलक काममा लाग्दै आएका उनीहरु बुधबार दिनभर पाँचतल्ले मन्दिरको जिर्णाेद्धारमा खटिएका हुन् ।

पाँंचतल्ले मन्दिरको जिर्णाेद्धार कार्य अहिले लकडाउनको अवधिमा पनि धमाधम भइरहेको छ । नगरबासीहरुसँंग जनश्रमदान माग्दै अहिले दैनिक त्यहा काम भइरहेका छन् । अहिले त्यहाँं पाँंचतल्ले मन्दिरको छाना छाउने काम भइरहेको छ । परम्परा जस्तै झिंगटी इटाले त्यहाँं छाना छाउने काम भइरहेको हो । त्यसका लागि माटो मुछ्ने र त्यसलाई लाइनमा वसी माथि छानासम्म माटो पुयाउने काम अहिले भइरहेको छ । यही काममा स्काउटका लिडरहरु लागिपरेका हुन् ।
नेपाल स्काउट जिल्ला समिति भक्तपुरका प्रमुख आयुक्त कर्माचार्यले यसअघि लकडाउनको जनचेतनामूलक काममा खटिंदै आएका स्काउट लिडरहरु लकडाउनकोवीचमा पहिलो पटक मन्दिर पुननिर्माणको श्रमदानमा जुटेको जानकारी गराए । यसअघि लकडाउन पूर्ण पालना गरी घरबाहिर ननिस्कन माइकिंगलगायतका काममा उनीहरु जुट्दै आएको कर्माचार्यले जनाए । साथै लकडाउनका समयमा तातो खान, साबुन पानीले हात धुनलगायतका जनचेतनामूलक काममा उनीहरु खटिएको कर्माचार्यले जनाए ।

भक्तपुरको पाँंचतल्ले मन्दिरको पुननिर्माण लकडाउनको सुरुवातदेखि वन्द भएको थियो । तर पछिल्लो दिन दस दिन अघिदेखि काम सुरु भएको थियो । नगरबासी दाजुभाइ तथा दिदीबहिनीहरुको जनश्रमदानबाट अहिले पनि मन्दिरको पुननिर्माण कार्य भइरहेको छ । मन्दिरको पुननिर्माण यही आर्थिक वर्षभित्र सकाउने योजना राखिएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi