neapl investment mega bank
  • गृहपृष्ठ
  • एकै पटक थपिए ११४ संक्रमित , संक्रमित संख्या ८८६ पुग्यो

एकै पटक थपिए ११४ संक्रमित , संक्रमित संख्या ८८६ पुग्यो

May 27th, 2020

काठमाडौं ,१४,जेठ

नेपालमा एकै पटक थप ११४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाको अनुसार नयाँ ११४ जनामा कोरोना पुष्टि भएको हो। मन्त्रालयका अनुसार संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु सबै चिकित्सकको निगरानीमा रहेका छन् ।

योसँगै संक्रमितको कूल संख्या ८८६ पुगेको छ भने सङ्क्रमणबाट निको भइ १५५ जना घर फर्किसकेका छन् ।