neapl investment mega bank

सैनिक कमाण्ड तथा स्टाफ तालिम शुभारम्भ

May 26th, 2020

काठमाडौ, जेठ १३

नेपाली सेनाले सैनिक कमाण्ड तथा स्टाफ तालिमको सुभारम्भ गरेको छ । आज मंगलबार शिवपुरीस्थित नेपाली सेनाको सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सि.सं.२७ कमाण्ड तथा स्टाफ तालिमको बलाधिकृत रथी शरद कुमार गिरीले एक विशेष समारोहका बीच शुभारम्भ गरेका हुुन ।

उक्त कार्यक्रममा बलाधिकृत रथी गिरीले कमाण्ड तथा स्टाफ तालिममा सहभागी शिक्षार्थी अधिकृतहरुलाई सफलताको लागि शुभकामना दिएका थिए भने कार्यक्रमको शुभारम्भमा सैनिक कमाण्ड तथा स्टाफ कलेजका शिक्षाध्यक्ष उपरथी बालकृष्ण कार्कीले स्वागत मन्तव्य व्यक्त गरेका थिए । सोहि अवसरमा उक्त कलेज परिसरमा रहेको कैलाश ग्रीन ग्राउण्ड ईलाकामा तालिममा सहभागी विदेशी शिक्षार्थीहरुले आ(आफ्नो देशको झण्डोतोलन समेत गरेका थिए ।

तालिममा नेपाली सेनाका तर्फबाट ६० अधिकृतहरु, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका तर्फबाट १ र १ गरी ३ अधिकृतहरुलगायत मित्रराष्ट्र श्रीलंका बेलायत र संयुक्त राज्य अमेरिकाका १ र १ गरी ३ विदेशी शिक्षार्थी सहित जम्मा ६६ जना अधिकृतहरु सहभागी भएका छन् । सैनिक कमाण्ड तथा स्टाफ तालिम मध्यम तहका अधिकृतहरुको स्टाफ तथा नेतृत्व क्षमता विकास गर्न सञ्चालन गरिने महत्वपूर्ण तालिम हो । वि.सं. २०४९ पौष १४ गते स्थापना भएको उक्त कलेजले वि.सं. २०५० भाद्र २० गतेदेखि पहिलो पटक १२ जना शिक्षार्थी अधिकृतहरु समावेश गरी कमाण्ड तथा स्टाफ तालिम सञ्चालन गरेको थियो । हालसम्म नेपाली सेनाबाट ९१४, विभिन्न मित्रराष्ट्रहरुका ८३, नेपाल प्रहरीबाट ११, सशस्त्र प्रहरी बलबाट २४, राष्ट्रिय अनुसन्धान विभागबाट १४ र रक्षा मन्त्रालयबाट १ गरी जम्मा १०४७ जना शिक्षार्थी अधिकृतहरुले सफलतापूर्वक उक्त तालिम सम्पन्न गरी सकेका छन् ।

शिवपुरीस्थित नेपाली सेनाको सैनिक कमाण्ड तथा स्टाफ कलेजमा संचालन भएको उक्त तालिम कोभिड १९ को सम्भावित संक्रमणलाई मध्यनजर गरी डाक्टर अधिकृतबाट स्वास्थ्य परिक्षण गरी रोग नलागेको एकिन गरेपश्चात मात्र शिक्षार्थी अधिकृतहरुलाई पूर्ण रुपमा क्वारेन्टाईनमा राखी सामाजिक दुरी कायम गरी आवश्यक रोकथामका उपायहरु अबलम्बन गरि संचालन गर्न लागिएको हो । उक्त कार्यक्रममा नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरुको उपस्थिति रहेको थियो ।

aadharbhumi
aadharbhumi
aadharbhumi