neapl investment mega bank
  • गृहपृष्ठ
  • क्वारेन्टिनमा मुत्यु ,परिवारका पाँच सदस्यको कोरोना आरडिटी हुँदै

क्वारेन्टिनमा मुत्यु ,परिवारका पाँच सदस्यको कोरोना आरडिटी हुँदै

May 26th, 2020

झिमरुक, १३ जेठ(रासस)

प्युठानमा क्वारेन्टिनमा बसेकी महिलाको आज मुत्यु भएको छ । ऐरावती गाउँपालिका वडा नं ६ बिजुली जनता माध्यमिक विद्यालयमा निर्मित क्वारेन्टिनमा बसेकी मल्लरानी गाउँपालिका वडा नं ४ गहतेराकी २६ वर्षीया महिलाको निधन भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी विष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो ।

उनी लामो समयदेखि भारतमा बे्रन ट्युमरको समस्याबाट पीडित भएको प्रहरीले जनाएको छ । शव के गर्ने भन्ने विषयमा प्रहरीको टोली घटनास्थलमा पुगेको पौडेलले बताउनुभयो । महिलासँगै उहाँका श्रीमान्, भाइ र छोराछोरीसहित यही जेठ ८ गते नेपाल आएको र उनीहरुलाई एउटै कोठामा राखिएको ऐरावती गाउँपालिका स्वास्थ्य शाखा प्रमुख राममाया गुरुङले बताउनुभयो । परिवारका पाँच सदस्यको कोरोना आरडिटी हुँदै छ । स्वास्थ्य शाखा प्रमुख गुरुङले भन्नुभयो, ‘रिपोर्ट नेगेटिभ आएमा सदस्यलाई छाडिदिने छौँ ।’

aadharbhumi
aadharbhumi
aadharbhumi