neapl investment mega bank
  • गृहपृष्ठ
  • चौरजहारी घटनाको तथ्य सङ्कलन गर्न अधिकारकर्मीको टोली घटनास्थल प्रस्थान

चौरजहारी घटनाको तथ्य सङ्कलन गर्न अधिकारकर्मीको टोली घटनास्थल प्रस्थान

May 26th, 2020

काठमाडौ, जेठ १३

चौरजहारी नपा–८ सोतीगाउँमा जेठ १० गते भएको घटनाको सत्यतथ्य अध्ययन गर्न अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को नेतृत्वमा मानव अधिकारकर्मी सम्मिलित पाँच सदस्यीय टोली जेठ १३ गते घटनास्थलतर्पm प्रस्थान गरेको छ ।

जाजरकोट जिल्ला भेरी नपा–४ का २१ वर्षीय नवराज विश्वकर्मा, सोही ठाउँका १७ वर्षीय गणेश विएम र रुकुम जिल्ला चौरजहारी नपा–१ का २० वर्षीय टिकाराम विश्वकर्माको शव फेला परेको र अरु तीन जना व्यक्ति सम्पर्कमा नआएको भनिएको घटनाको सत्य तथ्य सङ्कलन गर्न उक्त टोली घटनास्थल लागेको इन्सेक कर्णाली प्रदेश कार्यालयका संयोजक नारायण सुवेदीले बताएकाछन ।
टोलीमा नेपाल बार एशोसियशनका रुकुम पश्चिमका अध्यक्ष एक्क पाण्डे, गैर सरकारी संस्था महासङ्घका जिल्ला अध्यक्ष नारायणकुमार शाह, रुकुमेली समाज विकास केन्द्रका अध्यक्ष नरबहादुर नेपाली र हरप्लेसकी अध्यक्ष सुनीता बीएम रहेकीछन ।

टोलीले सङ्कलन गरेको सत्यतथ्य विवरणका आधारमा तयार पारिने प्रतिवेदन केही दिनभित्र सार्वजनिक गरिने पनि संयोजक सुवेदीले जानकारी दिए ।

कथित तल्लो जातका युवा भएर कथित माथिल्लो जातकी १७ वर्षीया बालिकालाई विवाह गर्नका लागि लिन आएको भनेर स्थानीयले लखेटेर कुटपिट गर्दा तीन जनाको ज्यान गएको पीडित पक्षको आरोप छ । भेरी नगरपालिका–११ का १८ वर्षीय लोकेन्द्र सुनार, सोही ठाउँका १७ वर्षीय गोविन्द शाही, भेरी नगरपालिका–४ का २१ वर्षीय सञ्जु बिक सम्पर्क विहीन भएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर कविराज रोकाले जानकारी दिए ।

aadharbhumi
aadharbhumi
aadharbhumi