काठमाडौँ, १२ जेठ
नेपालमा आज २५ जना व्यक्ति कोरोना संक्रमणबाट मुक्त भएर घर फर्किएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा देवकोटाका अनुसार नारायणी अस्पताल, पाटन अस्पताल र टेकु अस्पतालमा उपचाररत व्यक्तिहरू निको भएर घर फर्किएका हुन्। मन्त्रालयका अनुसार नारायणी अस्पताल वीरगञ्जमा उपचार गराइरहेका १८ जना डिस्चार्ज भएका हुन्।
डिस्चार्ज हुनेमा चार महिने शिशुदेखि ६६ वर्षीय पुरुष रहेका छन् । उनीहरुको डिस्चार्जको अवधि नौ देखि १० दिन रहेको बताइएको छ । यसैगरी पाटन स्वास्थ्य तथा विज्ञान प्रतिष्ठान, ललितपुरमा उपचार गराइरहेका धनुषा, धादिङ, दाङ्, बर्दिया र काठमाडौँका एक/एक जना डिस्चार्ज भएका छन् ।
यस्तै, शुक्रराज टपिकल तथा सरुवा रोग अस्पतालबाट सर्लाही घर भएका एक जना र कपिलवस्तुको तौलिहवाबाट एक जना डिस्चार्ज भएका छन्। तौलिहवाका डिस्चार्ज हुनेमा स्वास्थ्यकर्मी रहेका छन् ।
योसँगै कोरोना संक्रमणबाट निको भएर फर्किनेको संख्या १ सय १२ पुगेको छ।