काठमाडौं, ३ कार्तिक
काठमाडौं रङ्गिचङ्गि विद्युतिय वत्ति र मैनवत्तिले झिलमिलिन थालिसकेको छ । फुलमालाले झकिझकाउ हुँदै छ । तिहारमा बालिने परंपरागत पालाको स्थान विद्यतिय बत्तिले लिन थालेका छन् । तिहारकै लागि भनेर विभिन्न खालका दीयो, मालाबत्ती लगायत झण्डै ७० देखि ८० करोड रुपैयाँसम्मको विद्युतीय सामान आयात हुने गरेको छ । यस्तो प्रवृतिले एकातिर यसले विकशीत शैली भित्र्याएको छ भने अर्कोतिर दिपावलीको खास पहिचान र मौलिकता गुमाएको छ ।
यस वर्षको तिहारमा झण्डै ८० करोड रुपैयाँको विद्युतीय बत्ती आयात भएको नेपाल विद्युतीय व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार तिहार लक्षित विद्युतीय बत्ती झण्डै ८० करोड रुपैयाँको आयात भएको हो ।
अहिले कजारमा दिपावलीको पहिचान बोक्ने तामाका पालामा बलेका तेलका दिपहरु मुस्किलले देख्न पाईन्छ । विद्युतिय त्ति र मैनबत्तिले विकाशको सन्देश दिन्छन भने तामाका पालाहरुमा तोरीको तेलबाट बालेका बत्तिले नेपालको सामाजिक रहनसहन, परम्परा र मौलिकता दर्शाउँछ । खासगरी शहरी परिवेशमा मनाउने दिपावलीले सांस्कृतिक तथा आर्थिक दुई क्षेत्रमा फरकफरक असर पारेको छ । परिवर्तित शैलीमा मनाउने दिपावलीले एकातिर व्यक्तिको जीवनस्तरमा परिवर्तन र व्यवसायीक क्षेत्रको विकास भएको सन्देश दिएको छ भने अर्कोतिर सांस्कृतिक क्षेत्रको महत्व सागुँरो पारीदिएको छ ।
यस पर्वले काठमाडौंमा विद्युतिय झिलीमिली बत्तिको व्यापार गर्नेहरुलाई राम्रो कमाइ गर्ने अवसर जुटाइदिएको छ । दिपावलीमा तामाका पालाको व्यापार भने घट्दै गएको छ । चार वर्ष देखि कलंकीमा बिजुलीका बल्ब र भिलीमिली बत्तिको व्यापार गर्दै आएका सन्त कार्की भन्छन्, “प्रत्येक वर्ष तिहारको बेला बिजुलीका झिलीमिली बत्तिको व्यापार दोब्बर हुदै गएको छ ।” यसपटक दिनमा २८ हजार सम्मको व्यापार भएको उनले बताए ।
पहिला पहिला माटाका पाला, मैनबत्ती, केराको सुप्लामा बालिने कपासको बत्तीले गाउँसहर झिलिमिलि बन्थ्यो । तर, यी सामाग्रीमा भन्दा रङ्गीचङ्गी विद्युतीय बत्तीमा आम चासो बढ्न थालेको छ । लोडसेडिङको समस्या हटेपछि भने विद्युतीय बत्तीमा मानिसहरुको आकर्षण अत्यधिक रहेको पाइन्छ ।
गत वर्ष डलरको मूल्य बढेको, भन्सारदर बढेको कारण बत्तीको मूल्य बढाएका व्यवसायीहरु यसपटक मूल्य बढाउने पक्षमा देखिदैनन् । दीयो २० वटाको मूल्य बढीमा २०० रुपैयाँसम्म कायम छ । कतिपय व्यापारीहरुले मनपरी भाउ लिदा उपभोक्ता ठगिएका छन् । सरकारको अनुगमन प्रभावकारी नहुदा पनि उपभोक्ताहरु मारमा परेका हुन् ।