neapl investment mega bank

भन्सार छली ल्याएको सामान सहित पक्राउ

May 24th, 2020

धनुषा, ११ जेठ

भन्सार छली ल्याएको भारतबाट करिब ३ लाख १५ हजार रुपैयाँ बराबरको विभिन्न सामान सहित महोत्तरी जलेश्वर नगरपालिका-११ बस्ने ३४ वर्षीय जितेन्द्र कुमार साह समेत २ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेको ज.७ प ४०६१ र ज.६ प ६०९७ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले जाँच गर्दा भन्सार छली ल्याएका राजनिवास २ सय १० थान, पानपराग पत्ती (सुर्ती) १ सय थान, खाने तेल २५ बोतल र उक्त मोटरसाइकल सहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुलाई आवश्यक कारबाहीको लागि भन्सार कार्यालयमा पठाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi