neapl investment mega bank
  • गृहपृष्ठ
  • बन्दाबन्दी पछिको अवस्था झनै जटिल : अध्यक्ष तारा भण्डारी विश्वास नेपाल

बन्दाबन्दी पछिको अवस्था झनै जटिल : अध्यक्ष तारा भण्डारी विश्वास नेपाल

May 24th, 2020

रसना ढकाल

काठमाण्डौ ,११ जेठ

हाल कोरोना संक्रमण रोकथामको लागि गरिएको बन्दाबन्दी पछि ज्याला मजदुरी गरेर खाने श्रमिकहरुको अवस्था झनै जटिल हुने विश्वास नेपालकी अध्यक्ष तारा भण्डारीले बताउनु भएको छ । उँहाले स्थिती सहज भएपनि रेष्टुरेन्ट क्षेत्रहरु पहिलेको अवस्थामा आउन गाह्रो हुने भएको हुदाँ त्याहा काम गर्ने श्रमिकहरु पलायन हुने त्यसमाथि बेचविखन जस्तो जघन्य अपराधको शिकार समेत हुने बताउनु भयो । साथै भण्डारीले यो स्थितीको आंकलन गर्दै नेपाल सरकारले रेष्टुरेन्ट सञ्चालक र श्रमिकहरुको अवस्थालाइ मध्यनजर गर्दै उनीहरुको मानव अधिकारको रक्षा गर्न समेत आग्रह गर्नु भयो ।

आधारभूमिसँग कुरा गर्दै भण्डारीले , बन्दाबन्दीको अवस्थामा शहरमा रहेका होटल , रेष्टुरेन्टमा काम गरेर खाने श्रमिकहरुको अवस्था जटिल बन्दै गएको बताउनु भयो । मनोरञ्जन तथा रेष्टुरेण्टहरु बन्द भएपछि श्रमिकहरुलाइ दिनको छाक टार्न पनि गाह्रो भएको जिकिर गर्दै भण्डारीले विश्वास नेपालले फ्रिण्डम फण्ड र टिडिएच जस्ता दातृ निकायबाट श्रमिकहरुलाइ खाद्यन्न सामाग्रि वितरण गरिएको समेत जानकारी दिनु भयो । स्थानीय तहबाट वितरण गरिएको खाद्ययन्न समाग्रीमा अनिवार्य नागरिकता चाहिने प्रावधान ल्याएपछि श्रमिकहरु मारमा परेको गुनासो व्यक्त गर्नु भयो । विश्वास नेपालबाट बन्दाबन्दी सुरु भएदेखि हालसम्म ३०० को हाराहारीमा श्रमिकहरुलाइ खाद्ययन्न सामाग्रि वितरण गरिएको जानकारी भण्डारीले दिनु भयो ।

बन्दाबन्दीको अवस्थामा श्रमिकहरु कसरी विश्वास नेपालको सम्पर्कमा आइपुगे ? भन्ने प्रश्नमा अध्यक्ष भण्डारी भन्नुहुन्छ ,“ विश्वास नेपालको पुरानो बानेश्वर र मुख्य कार्यालय संकटामा समेत गरेर दुइ वटा डिआइसि छ ,त्याहाबाट प्रत्येक श्रमिकहरुको फेसबुक ग्रुप पेज बनाएका छौ । उनीहरुसँग हाम्रो निरन्तर कुरा हुने , फोन फलोअप हुने र मनोसमाजिक परामर्श समेत प्रदान गर्न सकिने व्यवस्था गरेका छौ । त्यहिबाट दिनहु जसो श्रमिकहरु सम्पर्कमा आइरहेको बताउनुभयो ।

हुनत बन्दाबन्दीको कहरमा शिक्षा , आर्थिक , कल कारखाना , होटल व्यवसाय लगायतका क्षेत्रहरु प्रभावित भएका छन । यसैमा दैनिक ज्याला मजदुरी गरेर खाने मजदुरहरुको समस्या त झनै जटिल भएको छ । भएका कल कारखाना बन्द भएपछि मजदुरहरुको दैनिकी नै फेरिएको छ । राहत बाट गुजारा गर्दै आइरहेको यस अवस्थामा सधै राहतले मात्र धान्न सकिएला त भन्ने चर्चा पनि चलेको पाइन्छ ।

बारम्बार बन्दाबन्दीको समय थपिदै गर्दा आम जनजीवन जटिल बन्दै गइरहेको छ । यता स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले बन्दाबन्दीलाइ कसरी खुकुलो पार्ने र आम व्यक्तिको जीवनलाइ सहज कसरी बनाउने विषयमा मंत्रिस्तरीय छलफल भैरहेको समेत जानकारी दिनु भएको छ ।

सन २०१९ को अन्त्यबाट चिनको वुहान देखि सुरु भएको कोरोना भाइरसले पुरै विश्वलाइ छोप्दै गएपछि नेपाल सरकारले उक्त भाइरसबाट बच्न २०७६ चैत्र ११ गते देखि मूलुक भर बन्दा बन्दीको घोषणा गरेको थियो ।

aadharbhumi
aadharbhumi
aadharbhumi