neapl investment mega bank
  • गृहपृष्ठ
  • एपीएफ टोलीद्वारा लागूऔषधसहित दुई जना पक्राउ

एपीएफ टोलीद्वारा लागूऔषधसहित दुई जना पक्राउ

May 23rd, 2020

धनुषा, जेठ १०

धनुषा जिल्लाको धनौजी गाउँपालिका ४ मुसहर टोलबाट जेठ १० गते एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित दुई जना पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने १८ वर्षिय रुपेशकुमार यादव र १९ वर्षिय विपीन यादव छन् । उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट ठाडीझिजाबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा एक्जीप्लोन ५० बोतल, नाईट्राभेट ट्याब्लेट ३५ पत्ता र स्पास्मो ट्याब्लेट १२ पत्ता फेला परेपछि पक्राउ गरिएको हो ।

त्यसवेला एपीएफ टोलीले उनीहरुको साथबाट एउटा मोवाईल सेट र नगद एक हजार सात सय ५५ रुपैया समेत बरामद गरेको छ । एपीएफ टोलीले पक्राउ परेकाहरुलाई बरामद लागूऔषध तथा उक्त मोवाईल सेट र नगदसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi