आधारभूमि संवाददाता
भक्तपुर, १० जेठ
सामाजिक दुरी कायम गरौं कोरोना भगाऔँ भन्ने मुल नारालाई बेवास्ता गरेको पाइएको छ । भक्तपुर सूर्यविनायक नगरपालिकाको वडा नं २ का केही किराना पसल र तरकारी पसलमा सामान खरीद गर्दा सामाजिक दुरी कायम नगरिएको पाइएको छ । सो स्थिति कायम हुनुमा सरकारले दैनिक उपभोग्य वस्तुको व्यवस्थापन मिलाउन नसक्नु नै पहिलो कमजोरी देखिएको छ ।
उक्त ठाउँमा सुरक्षामा खटिएका सुरक्षाकर्मीसँग यस विषयमा कुरा गर्दा, कुनै पनि व्यक्तिले भनेको नसुन्ने जवाफ पाइयो । कोरोनासँग बच्न समयमै जनता र सरकार सचेत हुनुपर्ने होइन र ? यस्ता साना तर महत्वपूर्ण कुरामा ध्यान नदिदा ठुला शक्तिशाली राष्ट्रमा हजारौँ मानिसहरुले ज्यान गुमाइ सकेका छन् । त्यसैले यस विषयमा समयमै सचेत भई आफ्नो र अरुको अमूल्य जीवन बचाऔँ ।