काठमाडौं ,१० जेठ
नेपालमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, प्रादेशिक जनस्वास्थ प्रयोगशाला ,भैरहवामा र भरतपुर अस्पताल कोभिड १९ प्रयोगशाला , भरतपुरमा गरिएको परीक्षणमा नयाँ ३२ जनामा कोरोना पुष्टि भएको हो।
संक्रमण हुनेमा कपिलवस्तु- वाणगंगा नगरपालिका निवासी १७, १९, २२, २९, ३५, ४० र ४२ वर्षीय पुरूषहरू र २७ वर्षीया महिला, सर्लाही- गडैता, कविलासी निवासी १८, २०, २०, २०, २१, २२, २३, २८, २६, २८, ३३, ३५ र ३५ वर्षका पुरूषहरू ,बारा -करैयामाई गाउँपालिका निवासी ३७ वर्षीय महिला ,काठमाडौं निवासी ३५ वर्षीय पुरुष, रुपन्देही – गैडहवा र रोहिणी गाउँपालिका निवासी २०, २०, २४, २४, २४, २७, ३०, ३० र ५५ वर्षीय पुरूषहरू र चितवन-भरतपुर-६ निवासी ५२ वर्षीय पुरुष रहेको मन्त्रालयले जनाएको छ ।
यससँगै नेपालमा संक्रमितको संख्या ५४८ पुगेको छ भने सङ्क्रमणबाट निको भइ ७० जना घर फर्किसकेका छन् ।