neapl investment mega bank
  • गृहपृष्ठ
  • सम्पत्ति र अनुशासन तथा आचरण सम्बन्धी कसूरमा सैनिक अधिकारीहरुलाई कारवाही

सम्पत्ति र अनुशासन तथा आचरण सम्बन्धी कसूरमा सैनिक अधिकारीहरुलाई कारवाही

May 22nd, 2020

काठमाडौ, जेठ ९

नेपाली सेनाले सम्पत्ति र अनुशासन तथा आचरण सम्बन्धी कसूरमा सैनिक अधिकारीहरुलाई कारवाही गरेको छ । सेनाले आज शुुक्रबार बसेको समरी जनरल सैनिक अदालतबाट सैनिक आवासिय महाविद्यालय, भक्तपुरमा कार्यरत रहंदा सम्पत्ति र अनुशासन तथा आचरण सम्बन्धी कसूर गरेको अभियोगमा दोषी ठहरिएका तीन जना सैनिक अधिकृत तथा दुई जना अन्य दर्जाहरुलाई सैनिक ऐन २०६३ बमोजिम कारवाही गरिएको जानकारी दिएको छ ।

सैनिक कल्याणकारी कोषको लगानीमा सन्चालित सैनिक आवासिय महविद्यालय, भक्तपुरमा आर्थिक अनियमितता भएको भन्ने सम्बन्धमा सत्यतथ्य छानबिन गर्न सहायक रथीको अध्यक्षतामा गठित कोर्ट अफ इन्क्वायरी बोर्डको मिति २०७६।११।२३ गतेको राय सहितको प्रतिबेदनको आधारमा तत्कालिन सम्पर्क अधिकृत महासेनानी भुपालमान अधिकारी सहित १८ जनाको मुद्दा पुर्पक्ष गर्न उपरथीको अध्यक्षतामा मिति २०७६।१२।०६ गते गठित समरी जनरल सैनिक अदालतबाट देहाय बमोजिम गर्ने गरी मिति २०७७।०२।०६ गते भएको फैसला आज मिति २०७७।०२।०९ गते सम्बन्धितहरुलाई सुनाइएको छ ।

महा सेनानी भुपालमान अधिकारीले सैनिक आवासिय महाविद्यालय, भक्तपुरमा सम्पर्क अधिकृत रहेको अवधिमा आर्थिक अनियमितता गरी गराई सैनिक ऐन, द्दण्टघ को दफा द्धढ को खण्ड (क), दफा छद्द को खण्ड (ट) र (झ) बमोजिमको कसुरमा दोषी ठहरीएकोले ऐ.ऐनको दफा ज्ञण्ज्ञ को उपदफा (ज्ञ) खण्ड (ग) र (घ) बमोजिम द्द (दुई) महिना कैद गर्ने र भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य (न) नठहरीने गरी सेवाबाट हटाउने । साथै निजले गैर(कानूनी रुपमा आर्थिक उपार्जन गरी लिएर खाएको ठहरिन आएको विगो रकम एक करोड ८५ लाख ४० हजार एक सय आठ रुपैया ११ पैसा असुल उपर गर्ने निर्णय गरेको छ ।

प्रमुख सेनानी देव बहादुर क्षेत्रीले आर्थिक अनियमितता गरी सैनिक ऐन २०६३ को दफा ४९ खण्ड को खण्ड (क), दफा ५२ को खण्ड (छ) र (झ) बमोजिमको कसुरमा दोषी ठहरीएकोले ऐ.ऐनको दफा एक सय १ उपदफा (ज्ञ) खण्ड (च) बमोजिम दुई बर्ष बढुवा रोक्का गर्ने र निजबाट रकम चार लाख ४० रुपैयाँ असुल उपर गर्ने निर्णय समेत गरेको छ । यसैगरी हुद्धा यज्ञराज पोखरेलले आर्थिक अनियमितता गरी सैनिक ऐन, २०६३ को दफा ५२ को खण्ड (छ) र (झ) बमोजिमको कसुरमा दोषी ठहरीएकोले ऐ.ऐनको दफा एक सय १ को उपदफा (ज्ञ) को खण्ड (घ) बमोजिम भविष्यमा सरकारी सेवाको लागि अयोग्य नठहरीने गरी सेवाबाट हटाउने र साथै निजबाट रकम तीन लाख ६० हजार रुपैयाँ असुल गर्ने निर्णय गरेको छ ।

यसैगरी हुद्धा गणेश बहादुर अधिकारीले आर्थिक अनियमितता गरी सैनिक ऐन, २०६३ को दफा ५२ खण्ड को खण्ड (छ) र (झ) बमोजिमको कसुरमा दोषी ठहरीएकोले ऐ.ऐनको दफा एक सय एक को उपदफा (ज्ञ) खण्ड (झ) बमोजिम दुई बर्ष तलव वृद्धी (ग्रेड) रोक्का गर्ने र साथै निजले हिनामिना गरेको रकम १० हजार रुपैयाँ असुल उपर गर्ने निर्णय गरेको छ । लेखा आ.सहसेनानी सुरेन्द्र विक्रम भण्डारीले आर्थिक कार्यहरु गर्दा कानूनी प्रकृया अवलम्वन नगरी नगराई सैनिक ऐन, २०६३ को दफा ५२ खण्ड को खण्ड (क), दफा एक सय १ को खण्ड (छ) र (झ) बमोजिमको कसुरमा दोषी ठहरीएकोले ऐ.ऐनको दफा ज्ञण्ज्ञ को उपदफा (ज्ञ) को खण्ड (ञ) बमोजिम नसिहत दिने निर्णय भएको छ ।

साथै सोही मुद्धामा अन्य १३ जनाले अभियोग मागदावीबाट सफाई पाउने गरी ठहर फैसला भएको सेनाले जनाएको छ । नेपाली सेनाले पद्दती र प्रणालीमा आधारित सांगठन सन्चालनमा जोड दिंदै पारदर्शिता र जवाफदेहिता कायम गर्ने तथा दण्डहिनताको अन्त्य गर्ने लक्ष्य अनुसार अनुशासन र आचरण बिपरित कार्य गर्नेहरुलाई कारवाही गरिएको । साथै, नेपाली सेनाले भ्रष्टाचारलाई उल्टाउनेको कडा नीति अख्तियार गर्दै भबिष्यमा समेत सैनिक अनुशासन र आचरण बिरुद्धको क्रियाकलापमा शुन्य सहनशिलता (श्भचय त्यभिचबलअभ) को नीति लिएको ब्यहोरा समेत जानकारी दिएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi