neapl investment mega bank

घाँटी थिचेर छिमेकीको हत्या

May 21st, 2020

महोत्तरी, जेठ ८

छिमेकीको घाँटी थिचेर हत्या गरेको अभियोगमा सोन्मा गाउँपालिका ३ रघुनाथपुर बस्ने २७ वर्षीय जयनाथ यादवलाई बिहीबार बिहान पक्राउ गरेको छ ।

सोही गाउँपालिका ७ सुन्दरपुर बस्ने ६७ वर्षीय दिपलाल यादवलाई जयनाथले सार्वजनिक पोखरीमा घाँटी थिचेर सोही पोखरीमा डुबाई मारेको भन्ने खबरप्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गौशालाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi