neapl investment mega bank
  • गृहपृष्ठ
  • कोदालो प्रहार गरी आफ्नै बाबुको हत्या गरेको अभियोगमा दाजुभाइ पक्राउ

कोदालो प्रहार गरी आफ्नै बाबुको हत्या गरेको अभियोगमा दाजुभाइ पक्राउ

May 21st, 2020

मोरङ, जेठ ८

कोदालो प्रहार गरी आफ्नै बाबुको हत्या गरेको अभियोगमाविराटनगर महानगरपालिका १४ झटिहाही बस्ने २९ वर्षीय रोहित चौहान र २६ वर्षीय नागेन्द्रचौहानलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

आफ्नै बाबु सत्यराम भन्ने ६९ वर्षीय सिताराम चौहानलाई जेठ ३ गते हत्या गरी घरभित्रैको कोठाको खाटमुनी खाल्डो खनी गाडेको अवस्थामा शव फेला पारी उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
उक्त घटनाबारे प्राप्त विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले मृतकको घरभित्र कोठामा खाटमुनी खाल्डो खनी गाडेको अवस्थामा सितारामशव फेला पारेको हो ।

दुवै दाजुभाइ रोहित र नागेन्द्रले जेठ ३ गते मजदुरी गरेको ज्याला प्राप्त भए पश्चात केही कपडा किनेर मादक पदार्थ समेत सेवन गरी घर पुगेपछि सितारामले जेठो छोरा रोहितसँगपैसा माग्दा नदिएकोबिषयमा झगडा हुँदादुबै जनाले बाबुलाई पालैपालो गरी कोदालोले टाउकोमा प्रहार गरेको खुल्न आएको छ । घटना पश्चात नागेन्द्र सोही ठाउँस्थित हडताली हाटमा रहेको आफ्नो डेरा कोठातर्फ गएको र रोहित सोही घटना भएको घरमा सुतेकोमाभोलीपल्टबिहान दुवै जना मिलेर खाटमुनीखाल्डो खनी बाबुको शव गाडेको खुल्न आएको छ ।

घटनास्थलबाट प्रहरीले कोदालो १ थान र शव बेरिएको तन्ना १ थान बरामद गरेको छ ।यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi