काठमाडौ, जेठ ८
नेपालमा थप १७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार बि.पी कोइराला स्वास्थ बिज्ञान प्रतिष्थान, धरान र प्रादेशिक जनस्वास्थ प्रयोगशाला , बिराटनगरमा गरिएको परीक्षणमा नयाँ १७ जनामा कोरोना पुष्टि भएको हो। संक्रमितहरु झापा, धनकुटा र सुनसरी जिल्लाका रहेका छन् ।
संक्रमण हुनेमा झापा , कचनकवल गाउँपालिका -३,६,८ निवासी १८,१८,१९,१९,२२,२३,२३,२५,२६,२६,२८,३०,३२,३७,४६ वर्षीय पुरुषहरु धनकुटा निवासी ३४ वर्षीय पुरुष, सुनसरी , धरान उप -महानगरपालिका निवासी ५१ वर्षीय महिला रहेको प्रयोगशालाले जनाएको छ । सङ्क्रमित सवै स्वास्थ्यकर्मीको सम्पर्कमा छन् ।
यससँगै नेपालमा संक्रमितको संख्या ४४४ पुगेको छ भने सङ्क्रमणबाट निको भइ ४५ जना घर फर्किसकेका छन् ।