neapl investment mega bank
  • गृहपृष्ठ
  • प्रधानमन्त्री ओलीद्धारा कोभिड १९ नियन्त्रणको लागि भएका कामको बारेमा जानकारी

प्रधानमन्त्री ओलीद्धारा कोभिड १९ नियन्त्रणको लागि भएका कामको बारेमा जानकारी

May 20th, 2020

काठमाडौ, जेठ ७

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाईरस (कोभिड १९) नियन्त्रणका लागि भएका कामहरुको बारेमा जानकारी लिएकाछन । प्रधानमन्त्री ओलीले बुुधबार कोभिड १९ महामारी रोकथाम, नियन्त्रण र प्रतिकार्यको लागि काठमाण्डौं, छाउनीमा स्थापना गरिएको कोभिड १९ क्राईसीसी म्यानेजमेन्ट सेन्टर (सिसिएमसी) मा भ्रमण गरी महामारी रोकथामको लागि केन्द्रबाट हालसम्म भएका काम कारवाहीहरुको वारेमा जानकारी लिएका हुुन ।

उक्त भ्रमणको क्रममा प्रधानमन्त्री केपी शर्मा वलीलाई कोरोना भाईरस (कोभिड १९) को विश्वव्यापी महामारी र नेपालको हालको अवस्था, सो को रोकथाम, नियन्त्रण र उपचारको ब्यवस्था सम्बन्धमा हालसम्म भएगरेका काम कारवाहीहरु लगायत सिसीएमसी अन्तरगत रहेका ४ वटै कार्य समूह (सुरक्षा, मेडिकल, लजिष्टिक र सूचना तथा प्रविधि) बाट भएका मुख्य मुख्य कार्य, भावी रणनीति तथा कार्यनीतिको सम्बन्धमा प्रस्तुतीकरण मार्फत जानकारी गराईएको थियो ।

भ्रमणको दौरान सम्माननीय प्रधानमन्त्रीज्यूलाई बिदेश (भारत लगायत तेश्रो मुलुकहरु) मा रहेका नेपाली नागरिकहरुलाई सुरक्षित ढंगबाट व्यवस्थापन गर्ने सम्बन्धमा प्रस्तुतीकरण समेत भएको थियो । प्रस्तुतीकरण पश्चात सम्माननीय प्रधानमन्त्रीबाट कोरोना भाईरस (कोभिड १९) को महामारी रोकथाम, नियन्त्रण र प्रतिकार्यलाई थप प्रभावकारी बनाउँदै परिस्थितिलाई सहज बनाउने कार्यमा सम्बद्ध सबै पक्षले उच्च मनोबलका साथ एकताबद्ध भई योगदान पुर्याउन निर्देशन दिएकाछन ।

भ्रमणको दौरान नोभेल कोरोना रोक रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक माननीय उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल लगायत समितिका सदस्यहरु गृह मन्त्री राम बहादुर थापा, माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल, माननीय संघिय मामिला तथा स्थानिय प्रशासन मन्त्री हृदयेश त्रिपाठी, माननीय उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, प्रधान सेनापति पूर्णचन्द्र थापा लगायत अन्य पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।