neapl investment mega bank
  • गृहपृष्ठ
  • घुस बुझाउने कर्मचारी अख्तियारको फन्दामा

घुस बुझाउने कर्मचारी अख्तियारको फन्दामा

May 20th, 2020

विराटनगर, जेठ ७

आर्थिक मामिलातथा योजना मन्त्रालय प्रदेश १ का कर्मचारीलाई घुस रकम बुझाउन खोज्ने जलश्रोत तथा सिचाँई विकास डिभिजन कार्यालय मोरङका डिभिजन प्रमुख आनन्दकुमार झालाई बुधबार अख्तियारले प्रक्राउ गरेको छ । डिभिजन प्रमुखझाले आर्थिक मामिला तथा योजना मन्त्रालयको बजेट योजना तथा कार्यक्रम महाशाखामा कार्यरत शाखा अधिकृत विदुर पौडेललाई १० हजार रकम बुझाउन खोजेको थिए ।

झा ले उक्त रकम खाममा पौडेलको कार्यकक्षस्थित टेबलको घर्रामा राखिदिएका थिए । खाम आफ्नो टेबलको घर्रामा झाले राखि दिएपछि पौडेलले यो के हो भनेर सोध्दा नभनेको पौडेलले बताएका छन् । साथै झाले आफूले पौडेललाई १० हजार नगद खाममा राखेर टेबलमा राखिदिएको तर पौडेलले अस्विकार गरेको बताएका छन् । उक्त घटना भएपछि शाखा अधिकृत पौडेलले भष्ट्राचार जन्य कसुरमा सजाय गराई पाउँ भनि निवेदन दिएका थिए ।

यो घटनाको सामान्य जानकारी पाएपछि प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले ठाडो आदेश दिदै घटनामा संलग्नलाई अख्तियारमा बुझाउन निर्देशन दिनु भएको थियो । लगत्तै अख्तियारको इटहरीस्थित कार्यालयले झा लाई प्रक्राउ गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयमा महिनौ देखि अन्य मन्त्रालय तथा कार्यालयहरुको फाइल रोकिदै आएको गुनासो हुने गरेको छ । भर्खरै मात्र पौडेल रहेको महाशाखाका प्रमुख उप सचिव हरिहर पौडेलको सरुवा भएको थियो । उक्त शाखामा कर्मचारीहरुले दुःख दिनुका साथै फाईल समेत हराउने, फ्याकिने र च्यातिने गरेको गुनसो अन्य मन्त्रालयका कर्मचारीहरुले गर्दै आएका थिए ।

aadharbhumi
aadharbhumi
aadharbhumi