neapl investment mega bank
  • गृहपृष्ठ
  • प्रेस कार्ड बोकी चोरी गर्ने ब्यक्ति पक्राउ

प्रेस कार्ड बोकी चोरी गर्ने ब्यक्ति पक्राउ

May 20th, 2020

काठमाडौ, जेठ ७

प्रेस कार्ड बोकेर चोरी गर्ने व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाले पत्रकारको कार्ड बोकेर चोरी कार्यमा संलग्न रहेको आधारमा सुनसरीको ईटहरी घर भई हाल काठामडौ धुुम्वाराही बस्ने २१ बर्षिय आश्रय रिजाल हिमाल, हम्मे भन्ने हिमाल रसाईली र बाराको फुुलबारी गाउँपालिका घरभई हाल काठमाडौको ओमबहाल बस्ने २८ बर्षिय अलि आलम मियालाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरुको साथबाट एप्पल कम्पनीको ल्यापटप एक थान, आई प्याड एक थान, बिभिन्न ब्राण्डका मोवाईल छ थान, प्रोजेक्टर दुुई थान, क्याननको क्यामेरा एक थान, प्रोजेक्टर दुुई थान, धारिलो हतियार तीन थान, बा.२७ प.९४९० नम्बरको एभेञ्जर मोटरसाईकल एक थान र एपिवान टेलिभिजको प्रेस कार्ड बरामद गरिएको छ ।

बिश्वब्यापी कोरोना भाईरस कोबिड १९ महामारीको अवस्थामा भएको लकडाउनको मौका छोपी रात तथा दिनको समयमा बिगत केही समय देखी काठमाडौं उपत्यकाभित्र रहेका बिभिन्न स्थानमा चोरीका घटनाहरु घट्दै गएकोमा त्यस्ता चोरीका घटनालाई नियन्त्रण गर्नाको लागि महाशाखा तथा महानगरिय प्रहरी बृत्त गौशालाबाट चोरी तथा लुटपाट घटना नियन्त्रण २०७७ अनुरुप खटिएको संयुक्त प्रहरी टोलीले गस्ति निग्रानी गर्ने क्रममा मिति २०७६/१२र०३ गते का.जि. का.म.न.पा. वडा न ९ सिनामंगल स्थित एरर ५१ व्वाईज होस्टेलबाट बिभिन्न समयमा ४ थान ल्यापटप तथा चैत २४ गते दिउसोको समयमा का.जि. का.म.न.पा. वडा न ७ चावहिल भत्केको पुल स्थित डा. सुबिन मानन्धरको एप्पल म्याक बुक प्रो ल्यापटप, एप्पल आईप्याड चोरी कार्यमा संलग्न निम्न मानिसहरुलाई चोरी गरेका निम्न सामान सहित यही जेठ छ गते काठकाडौको चाबहिलस्थित भत्केको पुल बाट पक्राउ परेको हुँदा सो सम्बन्धमा हाल महानगरिय प्रहरी बृत्त गौशाला बाट थप अनुसन्धान कार्य भईरहेको जनाएको छ ।

साथै अनुसन्धानको क्रममा प्राप्त भएको सिसिटिभी फुटेजलाई अध्ययन गर्दा चोरी गर्ने क्रममा सिसिटिभमा देखिएको एभेञ्जर मो.सा. रोकी सोधपुछ गर्ने क्रममा निज चोरीमा संलग्न ब्यक्तिहरुले प्रहरी बाट उम्कन एपिवान टेलिभिजनको प्रेसकार्ड देखाई आफुलाई पत्रकार हो भनि समेत बताएको र निजको झोला चेक गर्दा चोरी गरेका बिभिन्न ब्राण्डका ल्यापटप, क्यानन क्यामेरा, नेपाली रुपैयाँ ५३ हजार, अमेरिकन डलर तीन सय, चाईनीज युयान दुुई सय र धारिलो हतियार समेत बरामद भएको प्रहरीले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi