काठमाडौ, जेठ ७
अबदेखि नीजि क्षेत्रद्धारा सञ्चालित हस्पिटलहरुले पनि कोरोना परिक्षण गर्न पाउने भएकाछन । स्वास्थ तथा जनसंख्या मन्त्रालयले नीजि तथा सामदाययक अस्पताललाई कोभिड १९ परीक्षणका लागि आर.डी.टी परिक्षण गर्न अनुुमती दिने सम्वन्धी अन्तरिम निर्देशिका २०७७ जारी गरेको हो ।
निर्देशिका अनुसार आर.डी टी परिक्षणको लागि इच्छुुक नीजि तथा सामुुदायक अस्पतालले प्रचनलत कानन अनूप स्वास्थ तथा जनसंख्या मन्त्रालय अथवा मन्त्रालय अन्र्तगतका अन्य निकाहरुबाट अनुमती लिनुु पर्ने छ । अस्पतालले आर.डी.टी. परीक्षणका लागि उपत्यका भित्रका स्वास्थ संस्थाहरुले स्वास्थ सेवा बिभागबाट अनुुमती लिनु पर्ने छ । उपत्यका बाहिरको जिल्लाको हकमा भने सम्वन्धीत प्रदेशको स्वास्थ सेवा निर्देशनालयबाट अनुमती लिनुु पर्ने छ । आर.डी टी परिक्षण गर्न चाहने अस्पतालहरुले राष्ट्रिय जनस्वास्थ प्रयोगशालाले सुचीकृत गरेको आरडिटी मात्र प्रयोग गर्नुुपर्ने छ ।
सुचीकृत नभएका आरडिटी प्रयोग गर्न चाहेमा सम्वन्धीत अस्पतालले आवश्यक कागजात सहित राष्ट्रिय जनस्वास्थ प्रयोगशालामा निवेदन दिनुुपर्ने छ । आर.डी.टी. परीक्षण अस्पताल प्रयोजनको लागि मात्र प्रयोग गर्नुु पर्ने छ । आर.डी.टी परीक्षणको नतिजा पोजेटिभ देखिएमा आरटी पिसिआर गर्न रिफर गर्नुुपर्ने छ । आर.डी.टी परीक्षणको शुल्क खरिद मुल्यको २० प्रतिसतसम्म नबढने गरी लिनुु पाईन मन्त्रालयले जनाएको छ ।