काठमाडौ, जेठ ६
नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रा. लि. को सेलपे सेवाले भाट्भटेनी मनी ट्रान्सफर कम्पनीसँग नेपालमा डिजिटल भुक्तानी सेवाहरु प्रबर्दन गर्नका लागि सहकार्य गरेको छ । नेपालभरिका आफ्ना प्रयोगकर्ताहरूलाई आन्तरिक रेमिट्यान्स सेवा प्रदान गर्न सहकार्य सम्झौतामा भाट्भटेनी मनी ट्रान्सफरका प्रबन्ध निर्देशक राजनकुमार अमात्यर सेलकम प्रा. लि.का प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरेका छन् ।
भाट्भटेनी मनी ट्रान्सफर (बीएमटी) नेपालको सबैभन्दा ठूलो र बहु प्रतिष्ठित सुपरमार्केट चेन भाट्भटेनी सुपरस्टोर समुहद्वारा प्रवर्धित रेमिट्यान्स कम्पनी हो । यस सहकार्य अन्तर्गत, ग्राहक वर्गहरुले सेलपे मोबाईल वा वेब एप्लीकेशनबाट सजिलै (बीएमटी) का आन्तरिक रेमिट्यान्स सेवाहरु प्रयोग गर्न सक्नेछन् । जसका लागि सेलपे एप्पमा रेमिट्यान्स बटनमा थिची आफुलाई चाहेको भाट्भटेनीमनी ट्रान्सफर (बीएमटी) रेमिट्यान्स सेवा चयन गरी आवश्यक विवरणहरू भरे पश्चात, ग्राहकले सजिलैसँग नेपालका विभिन्न भागहरूमा पैसा पठाउन सक्नेछन् । यसरी पैसा पठाईसकेपछि प्रेषकले आफ्नो सेलपे एप्पमा एउटा युुनिक आईडी प्राप्त गर्नेछन् र त्यस युनिक आईडी प्रेषकले प्रापकलाई दिनुपर्नेछ । प्रापकले देशैभरी रहेका विभिन्न भाट्भटेनी मनी ट्रान्सफरका रेमिट्यान्स एजेन्टमध्ये तोकिएको एजेन्टको कार्यालयमा गई उक्त युनिक आईडी र सरकारी आधिकारिक परिचयपत्र देखाएर सरलरुपमा पैसा प्राप्त सक्नेछन् ।
सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रुत, सरल तथा सुरक्षित सेवाहो । सेलपेका अन्य विशेषताहरुमा वास्तविक समयमा भुक्तानि, बिना वालेट कारोबार गर्न सकिने, सुरक्षित, मर्चेन्ट् शुल्क नलाग्ने, लोयाल्टि पोइन्टस आदि रहेकाछन ।
सेलपेद्धारा विभिन्न दुरसंचार सेवा, विजुली, खानेपानी, टिभी, ईण्टरनेटको महशुल भुक्तानी, बिमा रकम भुक्तानी, ईएमआई भुक्तानी विभिन्न पसल, रेष्टुरेण्टमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफर, पिटुुबी, पिटुुबी, बिटुुबी र बिटुबी आदिवा स्तविक समयमा गर्न सकिन्छ । यस सेवामार्फत हुने सम्पूर्ण कारोवार बैंकिङ प्रणाली मार्फत सम्पन्न हुनेछ र सेलपे सेवासंग आवद्ध भएका बैंकहरुका ग्राहकहरुले सहज रुपमा यो सेवालिन सक्नेछन् । सेलपे सेवा गुगल प्ले स्टोर तथा एप्पल एप्पस्टोरमा उपलब्ध रहेको छ ।