काठमाडौं, ५ जेठ
नेपालमा थप १८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, धरान , भेरि अस्पताल,नेपालगन्ज कोशी अस्पताल , विराटनगरमा गरिएको परीक्षणमा नयाँ १८ जनामा कोरोना पुष्टि भएको हो।
संक्रमण हुनेमा धनुषा निवासी २ जना पुरुषहरु , खोटाङ, हलेसि निवासी १ जना पुरुष, बाँके, नरैनापुर निवासी १२ जना पुरुषहरु ,दैलेख, आठबीस-१ निवासी १ जना पुरुष , सुनसरी निवासी १ जना पुरुष र झापा निवासी १ जना पुरुष रहेको प्रयोगशालाले जनाएको छ । सङ्क्रमित सवै स्वास्थ्यकर्मीको सम्पर्कमा छन् ।
यससँगै नेपालमा संक्रमितको संख्या ३७५ पुगेको छ भने सङ्क्रमणबाट निको भइ ३६ जना घर फर्किसकेका छन् ।