पर्वत, जेठ ५
१२ वर्षीया बालिकालाई बाल यौन दुरुपयोग गरेको अभियोगमा कुश्मा नगरपालिका ७ बस्ने ६५ वर्षीय रमाकान्त शर्मालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
आफ्नो पसलमा सामान किन्न आएको समयमा शर्माले ती बालिकालाई बाल यौन दुरुपयोग गरेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
जिल्ला अदालत पर्वतबाट बालयौन दुरुपयोग मुद्दा शीर्षकमा म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।