neapl investment mega bank
  • गृहपृष्ठ
  • एपीएफ टोलीद्वारा चोरी पैठारीको सामान बरामद

एपीएफ टोलीद्वारा चोरी पैठारीको सामान बरामद

May 18th, 2020

काठमाडौं, जेठ ५

सप्तरी जिल्लाको तिलाठी कोईलाडी गाउँपालिका ४ स्थित चट्टी टोलबाट जेठ ५ गते एपीएफ टोलीले चोरीपैठारीको १२ बोरा सुर्ती बरामद गरेको छ ।

तीन वटा मोटरसाईकलमा राखेर ल्याउदै गरेको उक्त सुर्ती सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बर्साईनीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । एपीएफ टोलीले त्यसवेला सुर्ती ल्याउँन प्रयोग भएको उक्त तीन वटै मोटरसाईकल समेत बरामद गरेको छ ।

बरामद सुर्ती तथा मोटरसाईकल एपीएफ टोलीले भन्सार कार्यालय राजबिराजमा बुझाएको छ । उक्त सुर्ती तथा मोटरसाईकलको भन्सार दाखिला मुल्य चार लाख ९८ हजार रुपैयाँ रहेको छ । यसैगरी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट गुठिप्रसौनीबाट खटिएको एपीएफ टोलीले जेठ ५ गते करीव एक लाख २९ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ ।

चोरी पैठारी गरी नेपाल ल्याएर लुकाई छिपाई राखेको अवस्थामा उल्लेखित मुल्य बराबरको ५ सय ४ के.जी. धानको बिउ, २ सय ५० के.जी. युरिया मल र ३ बोरा किटनासक औषधी एपीएफ टोलीले पश्चिम नवलपरासी जिल्लाको प्रतापुर गाउँपालिका ५ मटरा स्थित सीमा ईलाकाबाट बरामद गरेको हो । बरामद सामान भन्सार कार्यालय महेशपुरमा बुझाईएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi