काठमाडौँ, ५ जेठ
नेपालमा थप ५३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका
प्रवक्ता डा विकास देवकोटाका अनुसार थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको सोमबारको नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।
प्रवक्ता का अनुसार भेरी अस्पतालमा रहेको प्रयोगशालामा ४७, धुलिखेल अस्पतालको प्रयोगशालामा चार, विराटनगरस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र भैरहवास्थित प्रयोगशालामा एक÷एक गरी कूल ५३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो।
संक्रमण हुनेमा बाँकेका ४६ पुरुष र एक जना महिला, मोरङमा एक पुरुष, गुल्मीका एक पुरुष तथा धुलिखेलमा गरिएको परीक्षणमा धुनषाका एक, रौतहटका एक, दाङका एक र धादिङका एक जना रहेका छन् । सबै सङ्क्रमित १८ देखि ४६ वर्षका रहेका छन् ।
यसअघि आजै रौतहटमा आठ जना र बारामा एक जनामा सङ्क्रमण देखिएको थियो । यससँगै नेपालमा संक्रमितको संख्या ३५७ पुगेको छ भने सङ्क्रमणबाट निको भइ ३६ जना घर फर्किसकेका छन् ।