काठमाडौं, ५ जेठ
नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा नयाँ ९ जनामा कोरोना पुष्टि भएको हो।
संक्रमण हुनेमा रौतहट, इशनाथ न.पा- २,३,६ र ९ निवासी २१, २१,२३,२५,२५,२९,३० वर्षीय पुरुषहरु ,रौतहट ,माधवनारायण न.पा -३ निवासी २८ वर्षीय महिला र करैयामाई ५ निवासी ३८ वर्षीय पुरुष रहेको प्रयोगशालाले जनाएको छ । सङ्क्रमित दुवै स्वास्थ्यकर्मीको सम्पर्कमा छन् ।
यससँगै नेपालमा संक्रमितको संख्या ३०४ पुगेको छ भने सङ्क्रमणबाट निको भइ ३६ जना घर फर्किसकेका छन् ।