neapl investment mega bank

एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ

May 17th, 2020

सिरहा, जेठ ४

सिरहा जिल्लाको सिरहा नगरपालिका १५ बुधौरा स्थित सिमा ईलाकाबाट बाट जेठ ३ गते एपीएफ टोलीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको मिर्चैया नगरपालिका ५ बस्ने ३४ वर्षिय विजयकुमार यादव छन् ।

स २ प ८५२६ नम्वरको मोटरसाईकलमा सवार निज यादवलाई सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश बुधौराबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा डायलेक्स डीसी ११ बोतल र नाईट्राजेपाम ६ पत्ता फेला परेपछि पक्राउ गरिएको हो । त्यस बेला एपीएफ टोलीले निजले प्रयोग गरेको उक्त मोटरसाईकल तथा तीन थान मोवाईलसमेत बरामद गरेको हो ।

एपीएफ टोलीले पक्राउ परेका निज यादवलाई बरामद लागूऔषध तथा उल्लेखित सामानसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय सिरहामा बुझाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi