काठमाडौं, ४ जेठ
कोरोना भाइरसबाट दोस्रो व्यक्तिको मृत्यु भएको छ । बाँकेको नरैनापुरको दीपेन्द्र मावि भोजभगवानपुरको क्वारेन्टाइनमा बसेका २५ वर्षीय पुरुष क्वारेन्टाइनमा बस्ने क्रममा स्वासप्रश्वासमा समस्या भएको र आज बिहान ६ः४० बजे मृत्यु भएको हो ।
कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले त्यसको पुष्टि गरे । मृतक वैशाख ३० गते भारतबाट नेपाल आएका थिए ।
यसअघि बिहीबार मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीया महिलामा पनि कोरोनाको संक्रमण पुष्टि भएको थियो।