neapl investment mega bank
  • गृहपृष्ठ
  • सरकारको नीति तथा कार्यक्रममाथि आइतबार र सोमबार छलफल हुने

सरकारको नीति तथा कार्यक्रममाथि आइतबार र सोमबार छलफल हुने

May 16th, 2020

काठमाडौँ, ३ जेठ (रासस)

प्रतिनिधिसभामा आइतबार र सोमबार सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने भएको छ । प्रतिनिधिसभाको आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले दुई दिनका लागि मात्रै सरकारको नीति तथा कार्यक्रम माथि छलफल गर्ने निर्णय गरेको हो ।

कोरोनाको सङ्क्रमणको जोखिम बढ्दै गएपछि छलफललाई छोटो र छरितो बनाउने निर्णय गरिएको हो । कोरोनाको जोखिम बढ्दै गएको अवस्थालाई मध्यनजर गरेर सबै स्वास्थ्य सचेतना अपनाइने भएको छ । बैठकले सम्पूर्ण सुरक्षा सतर्कता अपनाएर छलफल सञ्चालन गर्ने, सांसदहरुलाई पहिले आफू बसेको सिट परिवर्तन नगर्न अनुरोध गर्ने, छलफल छोटो बनाउने र यही जेठ ६ गते छलफलका क्रममा उठेका प्रश्नको प्रधानन्त्रीले जवाफ दिनेगरी व्यवस्था गर्ने निर्णय भएको सभामुख अग्निप्रसाद सापकोटाको सचिवालयले जनाएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको थियो ।

aadharbhumi
aadharbhumi
aadharbhumi