neapl investment mega bank
  • गृहपृष्ठ
  • सुत्केरी मृत्यु प्रकरणमा अस्पताल र स्वास्थ्य मन्त्रालयको मत बाझियो

सुत्केरी मृत्यु प्रकरणमा अस्पताल र स्वास्थ्य मन्त्रालयको मत बाझियो

May 16th, 2020

काठमाडौँ, ३ जेठ
सिन्धुपाल्चोक बाह्रबिसेकी सुत्केरी महिलाको मृत्यु प्रकरणमा स्वास्थ्य मन्त्रालय र धुलिखेल अस्पतालको मत बाझिएको छ । सुत्केरीको मृत्यु उपचारको क्रममा भएको र अस्पतालकै ल्याबमा मृतकको पीसीआर बिधिबाट जाँच गर्दा कोरोना संक्रमण भेटिएको अस्पतालले जनाए पनि मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ताले सुत्केरीलाई अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको र उनको मृत्यु के कति कारणले भएको हो भन्ने विषयमा पुष्टी भई नसकेको बताए ।

वैशाख २३ गते त्रिवि शिक्षण अस्पतालमा नर्मल डेलिभरी गरेर उनी २५ गते घर फर्किएकी थिइन् । ज्वरो आउने र खोकी लाग्नुका साथै स्वासप्रश्वासमा समस्या आएपछि स्थानीय अस्पतालमा उपचारका लागि उनलाई लगिएको थियो र स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि उनलाई धुलिखेल अस्पताल ल्याइएको थियो । बिहीबार उपचारका क्रममा उनको निधन भएको होे ।