काठमाडौँ, २ जेठ
नेपालमा थप ६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा नयाँ ६ जनामा कोरोना पुष्टि भएको हो।
संक्रमण हुनेमा बर्दिया , नार्खु ११ निवासी २८ वर्षकी महिला, सिराहा, सखुरा १९ निवासी ३० वर्षीय पुरूष, पर्सा वीरगन्ज १२ निवासी २८ र २९ वर्षीय पुरूष, सर्लाही रामनगर ४ निवासी १८ वर्षीय युवती र चितवन गढौली १ निवासी २५ वर्षीया महिला रहेको प्रयोगशालाले जनाएको छ । सङ्क्रमित सबै स्वास्थ्यकर्मीको सम्पर्कमा छन् ।
यससँगै नेपालमा संक्रमितको संख्या २७३ पुगेको छ भने सङ्क्रमणबाट निको भइ ३६ जना घर फर्किसकेका छन् ।