neapl investment mega bank
  • गृहपृष्ठ
  • ९४ प्रतिशतलाई आधारभूत खानेपानी उपलब्ध गराइने

९४ प्रतिशतलाई आधारभूत खानेपानी उपलब्ध गराइने

May 15th, 2020

काठमाडौँ, २ जेठ (रासस)

आगामी आर्थिक वर्षमा ९४ प्रतिशत जनसङ्ख्यालाई आधारभूतस्तरको खानेपानी सेवा उपलब्ध गराइने लक्ष्य राखिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्मा आज प्रस्तुत गर्नुभएको सरकारको आगामी आवको नीति तथा कार्यक्रममा आगामी तीन वर्षमा सङ्घ, प्रदेश र स्थानीय तहको सहलगानीमा सबै घरमा खानेपानी सेवा पु¥याइने उल्लेख गर्नुभयो ।

मेलम्ची खानेपानी आयोजनाबाट छिट्टै काठमाडौँमा पानी ल्याउने गरी कार्यान्वयनलाई तीव्रता दिइएको छ । आगामी आवसम्म यस आयोजनाको सम्पूर्ण निर्माण कार्य सम्पन्न गरिने भएको छ । पहिलो चरणको निर्माण सम्पन्न गरेसँगै याङ्ग्री र लार्के खोलाबाट थप पानी ल्याउने गरी दोस्रो चरणको निर्माण शुरु गरिनेछ ।

सरकारले शुद्ध खानेपानीको आपूर्तिलाई दीगो बनाउन महाकाली, कर्णाली, बबई, कोशीलगायतका नदीमा आधारित थोक वितरण प्रणाली तथा जलाशयपूर्ण खानेपानी आयोजनाको विस्तृत अध्ययन गरी कार्यान्वयनमा ल्याउने योजना बनाएको छ ।

ढल निर्माणतर्फ, तराई–मधेश क्षेत्रका २० जिल्लामा ४११ किमी ढल निर्माण गरिने भएको छ । सरसफाइका लागि चेतनामूलक कार्यक्रमका साथै विशेष कार्यक्रम सञ्चालन गरिनेछ । मुख्य मुख्य शहरहरु र शहरोन्मुख क्षेत्रहरुमा ढल निर्माण र फोहर प्रशोधन र सञ्चालन कार्यक्रम गरिने भएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi